+
+
Shares

तीन दलले सहमति नगर्दा महाअधियोग प्रक्रिया लम्बियोः सभामुख

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १९:१९

३ मंसिर, काठमाडौं । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलले सहमति नगर्दा संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल लम्बिएको बताएकी छन् ।

Onsari Gharti (1)शुक्रबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले महाअभियोग प्रस्ताव परित गर्ने बारेमा प्रमुख तीन दलबीच सहमतिको प्रयास भइरहेको बताइन् ।

उनले प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले चाँडै नै टुंग्याएर समितिमा पठाउने जानकारी दिइन् ।

संविधान कार्यान्वयनका लागि संशोधन गरी मधेसी मोर्चाका माग सम्बोधन गर्ने विषयमा दलहरु केन्द्रीत भएकाले केही समय लम्बिए पनि महाअभियोग प्रस्तावबार छलफल प्रक्रियामै रहेको सभामुख घर्तीको विश्वास थियो ।

उनले दलीय सहमतिमै संविधान संशोधन र महाअभियोग प्रस्ताव पारित होस भन्ने पक्षमा आफू रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?