+
+
Shares

बाढीले बगायो डाइभर्सन, बीपी राजमार्ग अवरुद्ध

खोलामा फस्यो ईभी गाडी, उद्धारको प्रयास हुँदै

जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार यात्रुहरूलाई होटलसम्म पुग्नेगरी व्यवस्था मिलाउन अहिले प्रहरीका विभिन्न युनिटबाट टोली खटिएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ वैशाख २९ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षाका कारण डाइभर्सन बगाउँदा काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अवरुद्ध भएको छ र यातायात सेवा प्रभावित भएको छ।
  • प्रहरीले यात्रुहरूलाई होटलसम्म पुग्ने व्यवस्था मिलाउन प्रयास गरिरहेको छ र बाढीले एक महिलालाई बेपत्ता बनाएको छ।
  • डाइभर्सन र बाढीको कारण क्षति र अवरोधको यकिन विवरण संकलन भइरहेको छ।

२९ वैशाख, काभ्रेपलाञ्चोक । सोमबार अपरान्ह परेको वर्षाका कारण डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको छ ।

डाइभर्सन बगाएपछि अहिले बीपी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको कार्कीले बताए ।

‘पूर्वबाट आइरहेका सवारीलाई खुर्कोट र नेपालथोकमा विभिन्न सवारी रोकेका छौं,’ कार्कीले भने, ‘काठमाडौंबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।’

रोशी गाउँपालिका–११ कालढुंगास्थित भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको प्रहरीले जनाएको छ । ‘पानीको बहाब बढेको छ, गाडी निकाल्न समस्या भएको छ,’ कार्कीले भने ।

त्यस्तै,नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने हिमपाइप राखेर बनाइएको सडक बगाएको छ । गत असोजमा सोही ठाउँमा पक्की पुल बगाएको थियो ।

‘राजमार्गमा पर्ने डाइभर्सनहरूमा कति क्षति पुगेको छ भन्ने यकिन विवरण संकलन गर्दैछौं,’ कार्कीले भने ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार यात्रुहरूलाई होटलसम्म पुग्नेगरी व्यवस्था मिलाउन अहिले प्रहरीका विभिन्न युनिटबाट टोली खटिएको छ ।

‘सकेसम्म यात्रामा रहेका सवारीलाई होटल, पसल भएको स्थानसम्म पुग्नका लागि व्यवस्था मिलाउने प्रयासमा छौं,’ एसपी शाहले अनलाइनखबरसँग भने ।

यसैबीच आजै दिउँसो काभ्रको पनौतीस्थित कूलोमा आएको बाढीमा परेर एक जना महिला बेपत्ता भएकी थिइन् ।

प्रहरीका अनुसार, पनौतीबाट बग्ने उक्त कूलो भएर जाने खोला पनि रोशीमै मिसिन्छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?