Comments Add Comment

टंक चौलागाईंको कथाः राप

raap-tank-chaulagai_810नविन र रेश्माको पढ्ने स्कूल एउटै, कक्षाकोठा एउटै अनि बस्ने बेन्च एउटै नभए पनि धेरै कुरा एकै हुँदै थियो । बाथरुममा नविन प्लस रेश्मा लेखेको निहुँमा अभिभावक झिकाई स्कूलले एक साताका लागि विश्राम दियो दुवैलाई ।

यही एउटै घटनाले उनीहरुबीचको प्रेमाङ्कुरको हाँगाबिँगा पलायो र फैलिने मौका पायो ।

जीवनका हरेक पाना धेरैले पढेकै थिए । यौनको मामिला झन् लुक्ने कुरै भएन । क्याम्पस पढ्दै गर्दा उनीहरुले बिहे गरे । ‘आफूखुसी’ भन्ने शब्द बिहेको हकमा भने नराखे पनि हुने हो ! अर्काको खुसीको लागि बिहे गरिँदैन पक्कै ।

बिहेपछि रेश्माले स्कूलमा पढाउन थालिन् । नविनले सञ्चार विभागमा नाम निकाल्यो ।

छोरो जन्मियो । गाउँघरतिर भए छोरालाई वैधानिकता दिन हतारमा बिहेको सुरुङ खने भनेर कुरा काटिने सम्भावना पक्का थियो । छोरो रेननको जन्मले प्रेम त बढायो नै, पारिवारिक एवं सामाजिक सम्बन्ध झन् बलियो बन्यो । उनीहरुको जीवनमा बेखुसीको अंश नै भएन ।

छोरो हुर्किँदै गयो । घर बनाए । गाडी किने । लोग्ने-स्वास्नीमा जवानी चढ्दो थियो ।

छोरो रेश्माकै स्कूलमा पढ्थ्यो । रेश्माका साथीहरु काउकुती लगाउँथे, ‘अर्को सुरसार छैन ? एउटाले त हुँदैन है !’

‘कि बन्द नै गरेको हो र ? आफूले कि बूढाले ?’ रेश्मा नाजवाफ भएपछि अर्कीले काउकुती लाउँथी । ऊ जवाफको सट्टा कामुक बाध्यात्मक मुस्कान छोड्थी, त्यत्ति हो ।

०००

रेश्माको हरेक जन्मदिन विशेष बन्थ्यो । नविनको अनुरोधमा दीपकले केक अर्डर गरेर साँझमा ल्यायो । दीपक, नविनको असाध्यै मिल्ने साथी !

‘दीपक, आज यहीँ बसौं, मापसेमा परिन्छ ।’ नविनले तँ-तँ को सम्बन्ध रहेको साथीलाई रोक्न खोज्यो ।

जन्मदिन मनाउन भेला भएका सबैजना बिस्तारै-बिस्तारै विदा हुँदै गए । रेश्माको साथीहरु र नविनका अरु मासपे गरेका साथीहरुले पनि विदा लिए । नजिकै घर भएकाहरु पैदलै गए ।

‘दीपकजी, रेननको कोठामा सुत्नु नि, किचेनमा एक्लै के सुताउनु ! नभए म किचेनमा सुत्छु । तपाईँहरु दुई जना हाम्रो कोठामा सुत्नु, दुइटा बेड छँदै छ ।’ यो सुझाव रेश्माको हो ।

आफ्नो यौन चाहना पूर्तिको मार्ग रेश्माले देखेकी थिइनन् । उनका दिनहरु नीरस भए, उजाडिएको वन जस्तो । नचाहेरै उनका नजर पुरुषमा पुगेर ठोकिन्थे

‘दीपक अंकलले मेरो रुममा भोमिट गरिदिनुभयो भने ?’ रेनन रिसायो ।

‘बर्थ डेको दिन बूढाबूढीलाई के छुटाउनु ! पाप लाग्छ ।’ यो दीपक हैन, मदिरा बोलेको भन्दा हुन्छ ।

‘हामी सधैं छुट्टै सुत्छौं नि !’ रेश्माले भनेको यो कुरा दीपकले पत्याएन ।

छोरो आफ्नो कोठामा पसेपछि नविनले खुलस्त पार्‍यो । अहँ, दीपकले बूढाबूढीको भन्दा मदिराको विश्वास बढी गर्‍यो ।

नविन अनि रेश्माले पनि पिएका थिए । मात्रा मिलाएर पिउने स्वतन्त्रता थियो यो घरमा ।

राति एक्लै किचेनको बेडमा सुतेको दीपक भोलिपल्ट सबैरे उठेर आफ्नो घरतिर लाग्यो । रेश्मा स्कूल गएपछि नविनले पनि अफिसको बाटो ततायो ।

०००

 रेश्माको यौन इच्छा बढ्दै जानु र नविनको यौन इच्छा घट्दै जानु कुनै आश्चर्य थिएन । वास्तविकता थाहा भएपछि नविनलाई अस्पताल जान सल्लाह दिनेमा दीपक पहिलो नम्बरमा पर्‍यो । नविनलाई भएको चाहिँ यौन रोग थियो !

यौन रोग प्रमाणित भएपछि नविनको सुषुप्त अवस्थामा रहेको यौन इच्छा सधैंको लागि सेलायो । लोग्ने-स्वास्नीको ओछ्यान बेग्लै लाग्ने गरेको थियो । रेश्माको इच्छा कसरी पूर्ति हुन्छ, यो नविनलाई बढ्ता चिन्ताको विषय भयो । केही समय रेश्माले आफूलाई नियन्त्रण गरिन् । स्कूलमा पढाउने कामले पनि उनलाई व्यस्त बनाइदियो ।

उपचारका अनेक उपाय अपनाए पनि तिनले नविनलाई टेरपुच्छर लाएनन् । यौन चाहना शून्यमा पुगेर बिर्को लाग्यो ।

एकदिन कक्षा दुईका विद्यार्थी फिल्ड ट्रिप गए । रेश्मा र विनिता म्यामले फुर्सद पाएर कापी चेक गरिरहेका थिए ।

‘रेश्मा म्याम, कसरी खपिरहनुभएको छ ?’ विनिता म्यामले भनिन् । तर, यो भनाइ पहिलो पटकको हैन, धेरै वर्षको सहकार्यमा दुवै जनाको आन्तरिक कुरा दुवैलाई थाहा थियो । अरुले पनि अलिअलि थाहा पाएकै हुन् ।

‘आफूलाई परेको भए थाहा पाउनु हुन्थ्यो !’ रेश्माले जिस्किएरै भनिन् ।

‘मेरो बूढोलाई पठाइदिऊँ त ?’ खित्का छाडेर हाँस्दै विनिताले रेश्माको अनुहारमा पुलुक्क हेरिन् ।

रेश्माको अनुहार लाजले रातो भयो ।

‘सक्नुहुन्छ भने पठाइदिनू । सक्नुहुन्छ ? आँट छ ?’ रेश्माले जिस्किएकै भावमा आफ्नो काउकुती प्रकट गरिन् ।

प्रेमको दूरी नबढोस् भन्ठानेर एकदिन नविनले नक्कली लिङ्ग किनेर ल्याए । रेश्माले त्यसलाई समाउने आँट गरिनन् । नविन पनि अनुभवी शिक्षक झैं अघि सर्ने स्थितिमा थिएनन्

आफ्नो यौन चाहना पूर्तिको मार्ग रेश्माले देखेकी थिइनन् । उनका दिनहरु नीरस भए, उजाडिएको वन जस्तो । नचाहेरै उनका नजर पुरुषमा पुगेर ठोकिन्थे ।

बूढाबढी खुलस्त थिए भन्नु सस्तो बिम्ब हो । प्रेमको दूरी नबढोस् भन्ठानेर एकदिन नविनले नक्कली लिङ्ग किनेर ल्याए । रेश्माले त्यसलाई समाउने आँट गरिनन् । नविन पनि अनुभवी शिक्षक झैं अघि सर्ने स्थितिमा थिएनन् ।

‘बजारमा पाइन्छ रे नि त म्याम ! नक्कली… फरक नै पर्दैन रे ।’ एकदिन खाजा खाँदा विनिता म्यामले खुसुक्क कानमा भनिन् ।

रेश्मालाई औधि काउकुती लाग्यो । तर, त्यो काउकुती मेटाउने नक्कली साधनतिर रत्तिने मनै थिएन  ।

०००

 ठमेलमा शनिबार कफी खाँदै थिए नविन र दीपक । आफ्नै समस्याले नविनलाई भित्रभित्रै पकाइरहेको थियो ।

‘साँच्चै भनेको मैले !’ कफी एक घुट्को पनि पिउँदै नपिई नविनले भन्यो ।

‘नचाहिने कुरा !’ दीपक कपमा चिनी घोल्दै गर्दा नविन दीपकसँग यौन प्रस्ताव घोल्ने प्रयत्नमा थियो ।

दुवै जनाले कफी पिउन एकछिन समय लिए ।

‘तँलाई के ढाँट्नु ! उनलाई एकदम इच्छा हुन्छ, म उनको नजिक पर्नै हुँदैन । जानेको सबै उपाय गरिसकेँ । तर, उनको चित्त बुझेन । कहिलेकाहीँ त रुन्छिन् । सोच् त, भोक लागेको बच्चाले के गर्छ ?’ नविनले यति भनेपछि उसले बल्ल पत्यायो । कफी सकेर आ-आफ्नो बाटो लागे ।

छोरालाई होमवर्क गर्न लगाएर रेश्मा नुहाउन बाथरुम पसिन् । उनले आफ्नो नग्न शरीर ऐनालाई देखाइन् । ऐनाले रेश्मालाई विवाहित महिलाको रुपमा कतै पनि देखेन । हिजो नविनले ल्याइदिएको साधन सम्झेर उनको शरीरमा बाफ छुट्यो । बाफले ऐना धमिलो बनायो ।

उनको लागि यो कृत्य नौलो थिएन । मात्रै समस्या, सन्तुष्टिको घैला भरिँदैनथ्यो । रेश्माको शरीर चुमेर पानी बगिरहेको थियो । बग्ने गुण लिएर आएका तरलहरुले बग्न सुरु गरे । उनी तातेर रातै भइन् । थोरै शक्ति बटुलेर बसेको ठाउँबाट उठ्दा पसिना सेलाइसकेको थियो । ऐनाको बाफ पुछिन् । निकैबेर एकोहोरो भएर आफ्नो शरीरलाई तलदेखि माथिसम्म नियालिन् ।

‘मलाई तिमी सधैं मुस्कुराएको मन पर्छ,’ नविन खाना पस्किन थाल धुँदै थियो । जवाफमा रेश्माले केही भनिनन् । खाना खाएर रेनन आफ्नो कोठामा पस्यो ।

‘दीपक मेरै आधा अंग त हो’, नविनले कुराको मेलो अगाडि बढायो ।

रेश्माले सफा गर्दै गरेको कुकरको बिर्को एक्कासी भुइँमा खस्यो । उनी जिल्ल परिन् । नविनले बिर्को टिपेर उनको हातमा दियो । प्रेमपूर्वक हात समाएर मुसुक्क हाँस्यो । रेश्माले आँखा बन्द गर्दै लामो सास फेरिन् ।

हुर्किएको छोरो कलेज पढ्न थाल्यो । रेश्मा फक्रिँदै जाँदा झन्-झन् नविन ओइलियो । लोग्ने-स्वास्नीबीचको समस्या झन् जटिल बन्दै गयो ।

tanka-chaulagain
टंक चौलागाईं

दुई दिन सरकारी विदा मनाउन जिरी पुगे । रेननका आमाबाउ अनि दीपक । दुई जिउकी नभएकी भए दीपककी श्रीमतीलाई पनि सँगै लैजान्थे होलान्  ।

सबैले पिएका थिए । रेनन आफ्नो कोठामा निदाइहाल्यो । नविन दीपकको कोठामा पुग्यो । ऊ सोच्थ्यो, रेश्माको खत पुर्ने मल्हम दीपकसँग छ । मदिराकै आडमा किन नहोस् नविनले भन्यो, ‘रेश्माको ओछ्यान तेरो लागि खाली छ ।’

दीपकले कल्पना गर्‍यो तर आँट गर्न सकेन । विदा मनाएर उनीहरु काठमाडौं फर्किए ।

०००

तीज नजिकिएको थियो । रेश्मा दर खाने निम्ता मान्न कल्पुको घरमा गइन् । राति उतै बसिन् । उनी कल्पुलाई आफ्नो लोग्नेभन्दा बढी भरोसा गर्थिन् । कल्पुले मध्यरातसम्म दिएको कुनै उपाय उनलाई ठीक लागेन । कल्पुसँगै सुतेकी उनी मज्जाले तातिन् । कल्पुको हात रेश्माको शरीरमा आयो कसरी ? दुवैले चाल नपाए झैं गरे ।

‘आज काम गर्न मन लागेन । तँ सँग कफी पिउन मन लाग्यो,’ नविनले दीपकलाई अफिसमा बोलाएको थियो ।

उनीहरु कफी पिउन ठमेल पुगे । राति नविनकै घरमा बसे । दीपककी श्रीमती सुत्केरी खान माइत गएकी थिइन् ।

०००

धेरै दिन भयो नविनले रेश्माको अनुहारमा चमक नपाएको ! चमक हराएको कारण पनि उसलाई थाहा थियो । रेश्मालाई खुसी राख्न उसले हरेक उपाय लगायो ।

एक रात नविन रेश्माकै पलङमा आयो । दीपकलाई आफूसँग भएको कल्पना गर्न लगायो । यो कुराले रेश्माको अनुहारमा कस्तो परिवर्तन ल्यायो भनेर देखिएन, कोठा अँध्यारो थियो । नविनले आफ्नो हात रेश्माको शरीरमा पुर्‍याउँदा मुटुको धड्कन तेज थियो, सास बढेको थियो, पसिना छुटेको थियो ।

रेश्माले जान्न चाहिन्, नविन होशमै दीपकको कुरा गरिरहेको छ कि मदिरा बोलेको हो ! हैन, पिएको रहेनछ ।

छोरो कलेजबाट भिजिटमा गएको दिन । दीपकले नविनको घरमा आउने निम्तो पायो । उसको उपस्थिीतिले रेश्मा खुसी हुन्थिन् । खाना पाकिसकेको थियो । उनीहरु तीनै जना पिउन थाले ।

रातको शून्यतामा दीपक र रेश्माले सास फेरेको मात्रै सुनिन थाल्यो । खानपिनको कार्यक्रम रोकेर उनीहरु सीधै प्रेमालापमा लागे, बालकले भेटेको चकलेट झैं । त्यसो नगर्दा सायद प्रेमकी देवी रिसाउलिन् भन्ने ठाने दुवैले

नविनको फोन आयो । फोनमा कुरा गराइले उसलाई पलभरमै अवाक् बनायो । पिउँदै गरेको दीपक पनि रोकियो ।

नविनको अफिसको हाकिमलाई हार्ट एट्याक भएको रहेछ । गंगालाल अस्पतालमा भर्ना गरेको छ भन्ने खबर आएको थियो ।

‘पिउँदै गर् है । म नफर्कीकन एक्लै ननिस्किी है । नानु म अस्पताल पुगेर आउँछु ।’

लुगा लगाएर नविन गाडी लिएर गंगालालतिर लाग्यो ।

यही मेसोमा मौकाको सिर्जना भयो । रातको शून्यतामा दीपक र रेश्माले सास फेरेको मात्रै सुनिन थाल्यो । खानपिनको कार्यक्रम रोकेर उनीहरु सीधै प्रेमालापमा लागे, बालकले भेटेको चकलेट झैं । त्यसो नगर्दा सायद प्रेमकी देवी रिसाउलिन् भन्ने ठाने दुवैले । ओछ्यानमा सक्रिय रहेको दीपकको मुखाकृतिमा रेश्माले नविनको अनुहार ओभरल्याप गरेर आत्मीयता साटिरहिन् । उनलाई नविनको भन्दा दीपकको माया लाग्यो ।

यस्ता मौकाहरु बेलाबेलामा सिर्जना भइरहन थाल्यो । दीपकलाई आफ्नो ओछ्यान सुम्पिन नविन बाध्य थियो । तर, यो उसकै इच्छा थियो । आफ्नो ओछ्यानमा दीपकलाई स्वागत गर्नु रेश्माको आवश्यकता भइदियो । साथ दिनु दीपकको धर्म र जीवनको रोमाञ्च थियो ।

०००

एकदिन नविन अफिसको कामले घर आउन नभ्याउने कुरा रेश्मालाई थाहा थियो । यो घरमा दीपकको आउजाउ नौलो थिएन । छोरा रेनन घरमै थियो । सबैले खाना खाए ।

‘बाबाको आज अफिसमा मिटिङ छ रे । अंकल बाबा नभेटी नजाने होला !’ रेश्माले आफ्नो गोरेटोमा लागेको काँडेतार हटाउने वातावरण बनाउन खोजिन् ।

‘म जान्छु अब । गुड नाइट बाबू,’ दीपकले रेननलाई भन्यो ।

रेनन आफ्नो कोठामा पस्यो । बत्ती निभायो । झ्यालको पर्दा उठाएर बाबाको गाडी कतिबेला आउला भनेर नजर लगाइरह्यो । बाबाको गाडी नआएसम्म उसलाई निद्रा लाग्ने हैन । बाबाको गाडी राख्ने ठाउँमा दीपक अंकलको मोटरसाइकल अडिएको थियो ।

बाबा कहिले घर आउने ? दीपक अंकल कहिले आफ्नो घर जाने ?

रेश्मा र दीपकको संवादले रात निकै समय रंगीन बन्यो । रेश्माले रेननको कोठामा बिरालोको चाल पुर्‍याई र ढुक्क मानी । उनीहरुले सोचे, रेनन निदायो । सुत्ने कोठामा पसेर ढोका ढप्काएको रेननले सुन्यो । बाबा नहुादा दीपक अंकल ममी सुत्ने कोठामा पसेको कहिल्यै थाहा थिएन उसलाई । एकछिनपछि उसले बिस्तारै आफ्नो ढोका खोलेर बाहिर चिहाउँदा ममी-बाबाको सुत्ने कोठाको बत्ती निभिसकेको थियो ।

खाटमा पल्टिरहेको रेननलाई एक्कासी बान्ता आयो । तर केही निस्किएन, अमिलो पानी, आँसु र पसिना बाहेक । रिँगटाले लडाउला झैं भएपछि ऊ फेरि गएर खाटमै पल्टियो ।

०००

बिहान चार बज्नुअघि नै कम्पाउन्डको ढोका खुल्यो ।

खाटमा पल्टिएको मात्रै हो रेनन, उसका आँखा रातभरि झिमिक्कै भएनन् । पसिनाले शरीर चिलाइरह्यो । एक अम्खोरा पानी सक्दा पनि कति पसिना काढेको !

उसले कोठाको बत्ती बालेन । झ्यालको पर्दा उचालेर पनि हेरेन । मानौं अँध्यारैमा उसले झलमल्ल घामको दर्शन पायो ! दृश्य अनि पात्रहरु नजरबाट लुकेका छैनन् । मोटरसाइकल स्टार्ट नगरी बिरालोको भावभंगिमामा बाहिरिने मनुष्यसाग ऊ परिचित थियो । सधैं बिहान आठ बजे आफू क्याम्पस जाँदा आफैंले खोलेर जाने गेट, आज बिहानै कसले किन खोल्दै छ ! ऊ चिच्याएर वा सुटुक्क अरुलाई बताउन सक्ने मनस्थितिमा रहेन ।

सबैतिर सुनसान थियो । मर्निङ वाकमा बोसो पगाल्नेहरु पनि बिउँझिने समय भएको थिएन । मात्रै रेननको मनमा कोलाहल थियो । बाहिरको शून्यता चिर्दै बाथरुमको ढोका खुल्यो, बन्द भयो ।

उसले पर्दा उचालेर बाहिर हेर्न चाह्यो, मान्छेलाई हैन उज्यालोलाई । पर-पर मधुरा बत्तीहरु बलेका त्योभन्दा अलि पर क्षितिजमा कलिलो उज्यालो थियो बिहानको ! उसका आँखा पोले । तुरुन्तै ऊ त्यही बिझाउँदो ओछ्यानमा पल्टियो । पोलिरहेका आँखा चिम्लिने कोसिस गर्‍यो ।

रेनन निदायो नमीठो निद्रा । रेश्मा निदाइन् मीठो निद्रा । घडीमा बजेको आठले कसैलाई बिउँझाएन । आ-आफ्ना कोठामा सुतेका आमाछोरा कुबेलाको गहिरो निद्रामा भुसुक्क भए ।

रेश्माले ओछ्यानबाटै पलङको घर्रा खोल्न हात तन्काइन् । पट्याएर राखेको नयाँ तन्ना निकालिन् । पर्दा छेडेर कोठाभित्र पसेको कलिलो घामले उनका आाखा पूर्णतः खुल्न दिएनन् । पातलो पर्दा हालेकोमा उनलाई अहिले पछुतो भयो । उनले छामछुममै तन्नाले झ्याल पूरै ढाकिन् । रातभरको अनिद्राले चिम्सिएका उनका आँखा बल्ल आंशिक खुले ।

एकैछिनमा फेरि मीठो निद्रामा डुब्न उनलाई धेरै समय लागेन । रेश्माले चिन्ता गर्नुपर्ने केही थिएन । श्रीमान् नविन अफिसमै थिए । छोरो कलेजमा हुनुपर्ने हो ।

रेननको मोबाइलमा चार्जको मिटर शून्यतिर झर्न लाग्यो । फोन आउन सुरु भइसकेको थियो । आएका र आउँदै गरेका सबै मिस्ड कल उसका साथीहरुका थिए ।

मध्य दिनमा बिउँझिएकी रेश्मा नुहाउन बाथरुम पसिन् । स्कूल विदा थियो । उनले आफ्नो शरीर फूर्तिलो पाइन्, कुनै गहिरो साधनाबाट बिउँझिए जस्तो ! पानीले औधि शीतल दियो । नुहाउँदा आफ्ना शरीरका अंगहरु ऐनालाई देखाउन चाहिनन् ।

नुहाएर बाहिर निस्किएपछि मात्रै उनलाई घनघोर आश्चर्यले छोप्यो । छोरो कोठामै भएको पत्तो उनलाई लाग्यो । जिउमा बेरेको तौलिया हत्तपत्त च्याप्प समाउनुपर्ने जरुरी थिए, किनकि त्यो बलियोसँग बाँधेकै थियो । बरु तीव्र वेगमा कोठाभित्र पसेर चुकुल लगाइन् । उनले के सोचिन्, थाहा भएन । घरमा छोरो नहुँदा यस्ता कति रात गुजार्दै आएकी उनलाई अघिल्लो रात सम्झेर सबैभन्दा घृणा आफैंप्रति उब्जियो । लुगा फेरेपछि आफ्नो कोठाको ढोका खोलिन् ।

०००

नविन सधैं झैं अफिसबाट घर फर्कियो । श्रीमतीको दिनचर्या फरक हुनुपर्ने कुरामा उसले आशा राखेन । रेश्माले नविनको अनुहारमा हेर्न सक्ने आत्मविश्वास खरिद गर्ने पसलहरु छँदै थिएनन् ।

नविनले दिएको लगाम समाएर रेश्मा नै दीपकको कोठामा धाउन थालिन्

छोरो कलेज नगई मौनतामै बाहिर निस्किएको कुरा सामान्य थियो । असामान्य त्यतिखेर बन्यो, जब रातिसम्म पनि छोरो घर फर्किएन ।

अघिल्लो रातलाई रेश्माले असामान्य बनाएकी थिइन् । त्यही भयमा नविन छोराको कोठामा गयो । मोबाइल नबोकी कता किन निस्कियो ! नविनले मोबाइल चार्जमा हालिदिए । फ्रेस हुन बाथरुममा पस्यो ।

छटपटीको मोटर त रेश्माको हाइवेमा कुदिरहेको थियो । रेश्मालाई छोराको कोठामा पस्दा डर र लाजले एकै पटक आक्रमण गरे । उनले छोराको मोबाइलमा म्यासेज हेर्न किन मन गरिन् ? सेभ नभएको नम्बरमा छोराले पठाएको म्यासेज देखेर उनका आँखा खुलेका खुल्यै भए । खुट्टा लुला भएर खाटमा थचक्क बसिन् ।

नविन बाथरुमबाट निस्कियो । उसले रेश्माको हातमा भएको छोराको मोबाइल हेर्‍यो ।

‘ड्याडी घरमा हुनुहुन्न । मोबाइल पनि अफ छ । ममीको रुममा दीपक अंकल छ ।’ म्यासेज राति एक बजेर ३० मिनेट जाँदा पठाएको रहेछ !

त्यसपछि प्रेमालापको लागि घरको ढोका सधैंलाई बन्द भयो ।

नविनले दिएको लगाम समाएर रेश्मा नै दीपकको कोठामा धाउन थालिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment