+
+
Shares

डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने डा. केसीको अडान

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते २०:३९

Dr Govinda KC (5)

५ मंसिर, काठमाडौं । आमरण अनसनरत प्रा. डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गरेका छन् ।

सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने उनले बताए । त्रिविले कात्तिक २८ गते सिंहलाई डिन नियुक्त गरेको थियो । त्यही दिन डा. केसीले अनसन सुरु गरेका थिए ।

सरकारले डा. केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनसन स्थागित गर्न आग्रह गरेको छ । तर, डा. केसीले भने डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने बताए ।

डा. केसीले राजनैतिक दल तथा माफियाहरुले संस्थागत त्रि.वि.वि शिक्षण अस्पताललाई नाफामुलक संस्थाको रुपमा परिणत गर्न चिकित्सा शिक्षा ऐन बन्न नदिने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

त्यस्तै, राष्ट्रिय वायु सेवा निगम, ट्रली बस, कपडा उद्योग, सिमेन्ट उद्योग, रोयल ड्रग्स लगायतका ठूल्ठूला उद्योगहरुलाई जस्तै शिक्षण अस्पताललाई पनि राजनैतिक माफियाले आˆनो अड्डा बनाएर शोषण गरेको डा. केसीको आरोप छ ।

अरुण सायमी पनि वरिष्ठताका आधारमा डीन नियुक्त हुन सक्थे नि भन्ने प्रश्नमा डा. केसीले भने, ‘उनी पहिला पनि डिन भइसकेको र हालको माफिया हुन् । यो स्थितिको सिर्जना गरेकै उनैले हो । उनीसागै अरुपनि छन्’ । उनले डा. सायमीको दवावमा डा. राकेश श्रीवास्तवलाई राजीनामा दिन बाध्य पारिएको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?