+
+

यो गाउँका सबै मानिस छन् लखपति, तर कंगाल बनेर गाउँ छाड्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ६ गते ९:१३

कुनै गाउँ तथा सहरमा सबै मानिस धनाढ्य हुँदैनन् । कोही धनी तथा कोही गरीब हुन्छन्, स्वभाविक रुपमा । तर चीनमा यस्तो गाउँ छ जहाँका सबै मानिस लखपति छन् । तर गाउँ छाड्दा बित्तिकै उनीहरु कंगाल बन्दछन् ।

china-1पूर्वी चीनको जिगांशू प्रान्तस्थित हुक्सी गाउँको कथा हो यो । यो गाउँमा कोहीपनि मान्छे गरीब छैन । किनकी गाउँमा बस्नका लागि धेरै शर्तहरुको पालना गर्नुपर्दछ । यहाँ हरेक व्यक्तिको वार्षिक आम्दानी झण्डै डेढ लाख रुपैयाँ जति हुनैपर्छ र हरेक परिवारको डेढ करोडको हाराहारीमा बैक ब्यालेन्स । सबै गाउँलेहरुलाई सरकारले नै गाडी तथा घर उपलब्ध गराएको छ । तर यदि यहाँ बसोबास गर्ने कोही मानिस गाउँ छाडेर बसाइ सर्न चाह्यो भने आफ्नो सबै धनसम्पत्ति छाडेर खाली हात जानुपर्छ । अर्थात् लखपति मान्छे कंगाल भएर गाउँ छाड्नुपर्छ ।

सन् १९६१ म पत्ता लागेको यो गाउँमा कैयन् गगनचुम्बी भवन, कम्पनी, होटल जस्ता तमाम संरचना छन् । गाउँमा केही चिजको पनि कमी छैन । सामाजिक नियम कानून पनि कडा छ । सन् २००३ मा आर्थिक वृद्धिसँगै यो गाउँ पूरै चीनमा चर्चाको विषय बनेको थियो ।

हेरौँ सबै जनता लखपति रहेको हुक्सी गाउँका केही तस्वीर china5 china4 china3 china2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?