Comments Add Comment

मोफसलमा प्रचार गर्न जात्रा टिम पोखरामा, अब सिक्वेल बन्ने

jatra-in-pokharaकाठमाडौंमा राम्रै कलेक्सन गर्न सफल चलचित्र ‘जात्रा’ले मोफसलमा प्रचार प्रशारलाई तिब्र बनाउने भएको छ ।

मोफसलमा चलचित्र खासै राम्रो नचलेकाले प्रचार नपुगेर हो कि भनेर आफूहरु प्रचारका लागि देश दौडाहामा निस्केको ‘जात्रा’ टिमले पत्रकार सम्मेलनमै जानकारी दियो । कार्यक्रममा चलचित्र निर्माता तथा कलाकार रविन्द्रसिंह बानिया, निर्देशक प्रदीप पाण्डे, नायीका वषर्ा राउत, विपिन कार्की, रविन्द्र झा लगायतको टोली नारायणघाट हुँदै पोखरा आइपुगेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाले भने,’काठमाडौंमा दर्शकको प्रतिक्रिया राम्रो छ, त्यो मात्रै हैन कलेक्सन पनि राम्रो छ तर मोफसलमा यसको ब्यापार राम्रो भएन, त्यसैले हामी हल्ला गर्न आएका हौं ।’ चलचित्र राम्रो बनेपनि प्रचार नहुँदा दर्शक नआएको ‘जात्रा’ टिमको ठम्याई छ ।

चलचित्रका निर्देशक प्रदीप भट्टराईले भने,’ ‘जात्रा’ हेर्ने सबैले राम्रो भनेका छन्, तर मोफसलमा धेरैले नहेरेको प्रतिक्रिया पायौं, त्यसैले प्रचारका लागि हामी निस्केका हौं ।’

नायीका वर्षा राउतले ‘जात्रा’ चलचित्रबाट आफूले धेरै नै आशा गरेको बताइन् । उनले चलचित्र राम्रो बनेकाले हेरेर फिडव्याक दिन आग्रह गरिन् ।

शनिबारसम्ममा झण्डै डेढ करोडको ब्यापार

चलचित्र ‘जात्रा’ले हालसम्म झण्डै डेढ करोडको कारोबार गरेको ‘जात्रा’ टिमले जनाएको छ । चलचित्रका निर्माता मध्येका एक माधव वाग्लेले शनिबारसम्ममा १ करोड ३४ लाख ४ हजार ६ सय ४४ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको बताए । यसको करीब ३० प्रतिशत पनि मोफसलमा ब्यापार नभएको उनको भनाई छ । मोफसलको ब्यापार निराशाजनक पनि र उत्साहजनक पनि नभएको उनले बताए ।

दर्शकको चाहना अनुसार सिक्वेल बनाउने चाहना

आफूहरुले ‘जात्रा’ चलचित्र बनाउँदा सिक्वेलको कल्पना नगरेपनि दर्शकको अपेक्षा अनुसार सिक्वेल बनाउने योजनामा पुगेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाले बताए ।

उनले भने,’हामीले यो चलचित्र बनाउने बेला सिक्वेलको कल्पना गरेर बनाएको हैन, त्यतिखेर सिक्वेल बनाउने कुरा दिमागमै थिएन, तर चलचित्र हेरेर दर्शकले सिक्वेल कहिले आउँछ भनेर प्रश्न गर्ने गरेको तथा चलचित्रको इण्डिङ सिक्वेल आउने आशयको छ भन्ने सबैको सुझाव आएकाले हामीहरु बाध्य भएर सिक्वेल बारे सोंच्न बाध्य भएका छौं ।’ उनले अब चलचित्र बनाउँदा सिक्वेलबारे सोंचेर मात्रै बनाउने बताए ।

चलचित्रको कथा खोला जस्तै छाडेर जता बग्छ त्यतै बग्न दिदा इण्डिङका बारेमा धेरै कुरा उठेको उनको भनाई छ । उनले भने,’चलचित्रको कथा निर्माता/निर्देशकले बंग्याएर प्रस्तुत गर्ने हैन, कथालाई खोलाजस्तै बग्न दिनुपर्छ भनेर हामीले ‘जात्रा’मा प्रयोग गरेका हौं, तर दर्शक र समीक्षकले यस्तो हुनुपथ्र्यो, उस्तो हुनुपथ्र्यो भन्ने गर्छन् तर कथा त्यसरी मोड्न पाईंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment