६ मंसिर, ताप्लेजुङ । कञ्चनजंघा हिमाल आारेहणको ६० बर्ष पूरा भएको अवसरमा आयोजना हुने हिरक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
हिरक महोत्सवका कारण चहलपहल बढेको छ भने ताप्लेजुङ सदरमुकामसहित महोत्सव स्थल बेहुली झैँ सजाइएको छ ।
कञ्चनजंघा हिमालमा मानव पाइला टेकेको ६० वर्ष पुरा भएको अवसरमा मंसिर ७, ८ र ९ गते तीन दिन सम्म जिल्लाको सुकेटारमा हिरक महोत्सव मनाउने तयारी गरिएको छ ।
यस पटक ५० हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पर्यटनको प्रचार प्रसारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यो महोत्सवले कञ्चनजंघा क्षेत्रको बिग्रँदो अवस्थामा केहि हदसम्म सुधार ल्याउने अपेक्षा पनि आयोजकले गरेको छ । आयोजक समितिका सचिव बलबहादुर तामाङका अनुसार महोत्सवलाई लक्षित गर्दै कञ्चनजंघामा १२ दिने सरसफाई अभियान कार्यक्रम आयोजना गरिएको छ ।
तीन दिनसम्म चल्ने महोत्सवमा स्थानीय विभिन्न संस्कृति झल्कने झाँकीहरु प्रदर्शन हुनेछन् । कञ्चनजंघा-पाथिभरा टुर प्याकेज र पाथिभरा प्याराग्लाइडिङ महोत्सवका मुख्य आकर्षक हुन् ।
ताप्लेजुङमा अवस्थित ८ हजार ५ सय ८६ मिटर उचाइ रहेको कञ्चनजंघा हिमाल विश्वकै तेस्रो अग्लो चुचुरो हो । यो जैविक विविधता तथा वन्यजन्तु संरक्षणका दृष्टिकोणले समेत प्रसिद्ध छ ।
६० वर्ष अगाडि बेलायती नागरिक सर चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज क्रिष्टोफोर ब्याण्डले पहिलो पटक कञ्चनजंघाको सफल अरोहण गरेका थिए । यो सयमदेखि अहिलेसम्म स्वदेशी तथा विदेशी गरी ३ सय ८४ जनाले कञ्चनजंघा अरोहण गरिसकेका छन् ।
प्रतिक्रिया 4