Comments Add Comment

‘तक्मे बुढा’को ‘रक्सीको पुल्टुङ’ गीतको भिडियो हेर्नुहोस्

takme-buda-song
हाँस्य कलाकार विल्सन विक्रम राई कमेडीसँगै गीतसंगीतमा पनि व्यस्त छन् । उनले यस अगाडि सार्वजनिक गरेको ‘स्यान्ताराम’ बोलको गीतले चर्चा पायो ।
उनै विल्सनले ‘झ्याना पुल्टुङ ना पुल्टुङ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । कमेडी शैलीमा तयार भएको यो गीतमा विल्सनकै शब्द तथा स्वर छ । डम्बर नेपालीले यो गीतमा संगीत भरेका छन् ।

केहि समय अगाडि सिक्किममा आयोजना भएको ‘इनास अवार्ड’मा पनि ‘तक्मे बुढा’ले परिचित विल्सनले यो गीत गाएका थिए । सो समयमा पनि दर्शकबाट उनले निकै राम्रो प्रतिक्रिया पाएका थिए ।

भिडियोमा विल्सन आफैले मोडलिङ गरेका छन् । साथमा कृष्टिना, कुविर, सपना, विशाल राई , दिपेन, रोहित लगायतले पनि मोडलिङ गरेका छन् । विक्रम डीसीको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको भिडियोमा विल्सन विक्रम राइकै निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment