Comments Add Comment

शिक्षा नियमावलीमा परिमार्जन गर्न हिसानको २२ बुँदे सुझाव

८ मंसिर, काठमाडौं । ‘शिक्षा नियमावली २०७३’ परिमार्जनको माग गरेका उच्च माध्यामिक बिद्यालय संघ हिसानले मन्त्रालयले जायज माग पूरा गर्ने आश्वासन कार्यान्वयन नभएकोप्रति ध्यानाकर्षण गराएको छ ।

hisanहिसानका अध्यक्ष रमेश सिलवालले बुधबार जारी गरेको बिज्ञप्तिमा शिक्षा ऐनको परिमार्जन गर्नुपर्ने कुराहरु समेटेर २२ बुँदामा राखिएको छ ।

जस अन्तर्गत त्रिभुलन विश्वबिद्यालयले प्रविणता प्रमाणपत्र तह खारेज गरेपछि उच्च माध्यामिक शिक्षाका लागि प्लस टू का कलेजहरुलाई पहिलेकै अवस्थामा राख्नुपर्ने र २०७८ भित्र बिद्यालय संरचनामा जान समय दिनुपर्ने माग छ ।

त्यस्तै हिसानले शिक्षालाई १ देखि १२ सम्म एकै टोकरीमा राख्नुको सट्टा १ देखि ८ सम्म आधारभूत तह, ९ देखि १२ माध्यमिक तह र त्यसमाथि बिश्वविद्यालय तह हुनुपर्ने माग गरेको छ ।

त्यस्तै ११ कक्षाको परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डले अनिबार्य लिनुपर्ने माग हिसानको छ । बिद्यालयहरु मर्ज हुन चाहेमा उनीहरुलाई सहुलियतको व्यवस्था सरकारले गर्नुपर्ने माग पनि हिसानको छ ।

त्यस्तै शिक्षा ऐनमा उल्लेख भएको शिक्षक अविभावक संघको स्थानमा बिद्यालय अभिभावक परिवार बनाउन हिसानको माग छ । अभिभावक संघ बनाउँदा अनावश्यक राजनीतिक समूहले हस्तक्षेप गर्नसक्ने तर परिवार बनाउँदा शिक्षक, कर्मचारी र बिद्यार्थीलाई समेत समेट्ने भएकाले व्यवहारिक हुने हिसानको भनाई छ ।

त्यस्तै बिद्यालय सञ्चालन हुने दिन २२० उल्लेख भएकोमा ११ र १२ का लागि भने १५० दिनमात्रै बनाउन हिसानको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment