Comments Add Comment

राष्ट्रिय बाणिज्य बैंकको कर्पोरेट शाखा खुल्यो

Rastriya-Banijya-Bank
८ मंसिर, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखा स्थापना गरिएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार सिहदरबारस्थित बैकको केन्दि्रय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कर्पोरेट शाखाको उद्घाटन गरे।

यो शाखा समेत गरी बैकले अव देशभर १ सय ७१ वटा शाखाबाट ग्राहकलाई सेवा दिने छ । बैकले आफनो स्वर्ण महोत्सवको अवसर पारेर सेवा विस्तार गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवम् अर्थमन्त्री महराले प्रतिस्पर्धात्मक बजारमा ग्राहकको मन जित्ने गरी बैकिङ सेवा संचालन गर्न वाणिज्य बैकलाई निर्देशन दिए ।

उनले कर्जा र निक्षेप सन्तुलन मिलाएर लैजानुपर्नेमा पनि जोड दिए । वाणिज्य बैकहरुले दिएको सेवा नमुना सेवाको रुपमा देखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले ग्रामिण क्षेत्रमा रहेका तुलनात्मक लाभका बस्तुहरुमा कर्जा प्रहार गर्न सके देश आत्मनिर्भर हुँदै जाने आधार तय हुने स्पष्ट पारे ।

नेपाल राष्ट्र बैकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले विगत १२ वर्षयता वाणिज्य बैकहरु सुदृढ हुँदै गएको भन्दै खुसी व्यक्त गरे । उनले बैकले निक्षेप संकलन गरेर मात्रै नहुने उल्लेख गर्दै त्यसको परिचालनमा ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
गर्भनर नेपालले बैकिङ सेवा दुर्गम क्षेत्रका जनताको घर दैलोमा पुर्‍याउन वाणिज्य बैकले पहलकदमी लिनुपर्नेमा पनि सचेत गराए । कार्यक्रममा बैक संचालक समितिका अध्यक्ष डाक्टर रविन्द्रप्रसाद पाण्डेले भारतको नयाँ दिल्लीमा पनि शाखा खोल्ने निर्णय गरिएको जानकारी दिए ।

बैंकले चीनमा पनि शाखा खोल्ने योजना बनाएको जनाएको छ । बैकले चालु आर्थिक वर्ष भित्रै २५ लाख ग्राहक संख्या पुर्‍याउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment