Comments Add Comment

शिक्षण अस्पतालका आवासीय चिकित्सकले भोलिदेखि काम नगर्ने

Teaching-Hospital

९ मंसिर, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले भोलिदेखि सम्पूर्ण बहिरंग सेवा बहिष्कार गर्ने भएका छन् ।

१२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा नेशनल रेसिडेन्ट डाक्टर्स एशोसियन आन्दोलनमा उत्रिएको हो ।

अध्यक्ष डा. लिलन महर्जन तथा सचिव डा. सचित शर्माले विज्ञप्ती जारी गरी शुक्रवारदेखि आ-आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गतका वहिरंग सेवामा उपस्थित नहुने निर्णय गरेको जानकारी दिएका छन् ।

डा. केसीको अनसन मेडिकल शिक्षा एवम् समस्त स्वास्थ्य क्षेत्रको सुधारका लागि भएको भन्दै आवासीय चिकित्सकहरुले सम्बोधनका लागि पहल नभएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment