Comments Add Comment

पोखरामा मिनिट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

scooter-accdient
फाइल तस्वीर

९ मंसिर, पोखरा । ट्राफिक सप्ताह चलिरहेका बेला पोखरामा मिनिट्रकको ठक्करबाट स्कुटरमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।

विहीबार मध्यान्ह करीब १२ बजे पोखरा-३ तेर्सापट्टीस्थित कतिला फर्निचर अगाडि मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा-२६ पिपलडालीका ४० वर्षीय नारायण सुवेदीको मृत्यु भएको हो ।

पोखराको पालिखेचोकबाट नालामुख तर्फ गइरहेको ग १ क ७७२ नम्बरको मिनिट्रकले बिपरित दिशाबाट आइरहेको इलेक्टि्रकल स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सुवेदी गम्भीर घाइते भएका थिए । उनलाई स्थानीयले उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि लगेपनि साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण खुल्न नसकेको र चालकमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सवारी चालक र पैदलयात्रीहरुमा जनचेतना जगाउन पोखरामा गत मंसिर ५ गतेदेखि ट्राफिक सप्ताह कार्यक्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment