Comments Add Comment

कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्किए

quatar-nepaliकतारमा करिव ३ महिना देखि अलपत्र परेका दश नेपाली स्वदेश फर्किएका छन् ।दुर्इ जना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन् । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा दसै जना पीडित नेपाल फर्किन पाएका हुन् ।

मोरङका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताज पुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा, बिर बहादुर बि.क. बिगत ३ महिना देखि कम्पनि मालिक फरार भएपछि अलपत्र पर्दै आएका थिए ।

ति मध्यका दुइ जना तिलक भुजेल र अम्बर थेगिंग गत सोमबार नै नेपाल फर्किएका थिए । बाकि ८ जनालाई कानुनी प्रकृया पुरा गरी उनीहरुले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था मिलाएर गत शुक्रबार स्वदेश पठाईएको झबिन्द्र आचार्यले बताए ।  पिडितलाई न त अल वाजिर कम्पनीले नै टिकट दियो नत मेनपावरले नै आचार्य आफुले नै दसै जनाको टिकटको ब्यबस्था मिलाएर स्वदेश पठाएका थिए ।

नेपालबाट कतार आउदा मेनपावर कम्पनि र एजेन्टले लिएको सबै पैसा फिर्ता  हुने व्यवस्था मिलाएर पीडितहरु नेपाल फर्किएपछी उनीहरुले पाउन पर्ने  क्षतिपूर्ति मेनपावर कम्पनिले दिएको पिडितहरुले जानकारी दिएका छन् ।

अल वाजिर कम्पनीका मालिकले दस जनालाई केहि दिन भित्र कम्पनिबाट पाउन पर्ने रकम र घर फिर्तीका लागि टिकट उपलब्ध गराउने बताए पनि उनलाई फोन सम्पर्क गर्न खोज्दा विभिन्न बाहाना बनाएर पुनः सम्पर्क बिहिन बने ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्नेले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर रहेका छन।

अलपत्र परेका पिडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गरेको थियो । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएका थिए ।

नेपाल फर्किन पाएर निकै खुसि बनेका पिडितहरु भन्छन – गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, र झविन्द्र आचार्य हाम्रो लागि भगवान समान हुनुहन्छ । जसले हामीलाई यो परदेशको ठाउमा कष्टकर जीवनबाट उद्धार गर्नुभयो । उहाको यो गुण कहिले भुल्ने छनौ भन्दै बिशेष धन्यवाद प्रकट गरे । साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment