+
+
Shares

डा. केसीको समर्थनमा प्रदर्शन, प्रधानमन्त्रीलाई सिटामोल दान

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते २०:०९

११ मंसिर, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ ।

सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्सको आहृवानमा माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बानेश्वर पुगेर कोणसभामा परिणात भएको थियो ।

dr-kc-rally-9

त्यसक्रममा प्रतिकात्मक रुपमा प्रधानमन्त्री, शिक्षा मन्त्री र त्रिवि उपकुलपतिलाई सिटामोल दान गरिएको छ ।

जुलसमा सहभागी मध्ये तीन जनाको छातिमा क्रमशः प्रधानमन्त्री, शिक्षा मन्त्री र त्रिवि उपकुलपति लेखिएको प्लेकार्ड टाँसिएको थियो भने हातमा माफिया लेखिएको कार्टुन बोकेका थिए ।

dr-kc-rally-2

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका डिन वरिष्ठता आधारमा नियुक्त गर्नु पर्ने, त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गर्नु पर्ने लगायतका नौबुँदे माग राखेर डा. केसी १३ दिनदेखि आमरण अनसनमा छन् ।

dr-kc-rally-3 dr-kc-rally-4 dr-kc-rally-5 dr-kc-rally-7 dr-kc-rally-8 dr-kc-rally-10 dr-kc-rally-13

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?