Comments Add Comment

प्रधानमन्त्रीमाथि खनिइन् कांग्रेस नेत्री, कसको स्वार्थमा ५ नम्बर प्रदेश टुक्र्याउन खोजेको ?

pushpa-bhusal

११ मंसिर, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विवाद नै नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्ताव स्वीकार्य नभएको बताएकी छिन् ।

विवाद नै नभएको ५ नम्बर प्रदेशमा विवाद उत्पन्न गराएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश पोखिन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले भनिन्,’५ नम्बर प्रदेशमा विवाद नै छैन, विवाद नभएको ठाउँमा अनावश्यक विवाद किन गर्न खोजिएको हो ? आजसम्म ५ नम्बर प्रदेशमा विवाद छैन, यदि हो भने यो विवादको टुँगो लगाउने जिम्मा संघीय आयोगलाई दिनुपर्छ ।’

कसैको अमुक स्वार्थ पुरा गर्न प्रधानमन्त्री प्रचण्डले विवाद नभएको प्रदेशमा विवाद उत्पन्न गराउन खोजेको उनको आरोप छ ।

उनले अघि भनिन्, ‘अरु विवादित जिल्लाहरु यथावत रहने अनि यो विवाद नै नभएको प्रदेशलाई किन तलमाथि गर्ने, यसको टुँगो लगाउने जिम्मा जनतालाई दिनुपर्छ, कि विधान सभालाई वा संसदलाई दिनुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सिमांकनबारे संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।

उनले अहिले प्रदेशको सिमांकनबारे संशोधन गरिए त्यो संविधान विपरित हुने समेत जिकिर गरे ।

आफ्नो पार्टीलाई संविधान संशोधनको विरोधी हो भनेर जबरजस्ती प्रचार गरिएकोमा असन्तुष्टि पोख्दै अधिकारीले भने, ‘एमाले संविधान संशोधनको विरोधी होइन, औचित्यको आधारमा समर्थन वा विरोध गर्छ ।’

उनले संविधान विपरित संशोधन प्रस्ताव आए आफ्नो पार्टी अदालतमा जाने समेत चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment