Comments Add Comment

भोलि संशोधन प्रस्ताव दर्ता हुन्छ, पारित पनि हुन्छ: देउवा

sher-bahadur-deuba-angry-1११ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावना र माग बमोजिम सरकारले आइतबार संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् ।

कांग्रेसको पहलमा सरकारले संशोधन प्रस्ताव ल्याउन लागेको भन्दै उनले प्रस्ताव सबै दलको सहयोगमा पारित हुने उनको दाबी छ । उनले भने,संसदमा भोलि नै मधेसको माग र भावनाअनुसार संशोधन प्रस्ताव दर्ता गर्दैछौँ र त्यो पास पनि गराउँछौं ।

कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले  संशोधन प्रस्तावको विरुद्ध जाने दललाई जनताले दण्डित गर्ने दाबी गरे । सीमाङ्कन, अन्तरिम संविधानमा भएको नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषालगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारिएको भन्दै उनले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पास हुनैपर्ने बताए ।

कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीले संविधान संशोधनको औचित्य छैन भनी एमालेले संविधान कार्यान्वयनमा समस्या सिर्जना गर्न चाहेको आरोप लगाए ।

मधेसी जनताको माग संबोधन गरी संविधानलाई सर्वस्वीकार्य नबनाए स्थानीय निकायको निर्वाचन हुन नसक्ने र संविधानसमेत कार्यान्वयनमा शङ्का उत्पन्न हुने भएपनि एमालेले संशोधन प्रस्तावविरुद्ध जनमानसमा भ्रम सिर्जना गरिरहेको उनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment