१२ मंसिर, डोटी । डोटीको दिपायलबाट लाटामाण्डौँतर्फ जन्ती बोकेर गइरहेको जिप शनिबार साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
से१ज ७४७ नंको जिप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि राजपुरस्थित जुसन अस्पताल ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।
दुर्घटनाबारे यकिन विवरण प्राप्त भइनसकेको र प्रहरी दुर्घटनास्थलमा पुगिरहेको उनले बताए । “प्रारम्भिकजानकारीअनुसार १० जना घाइते भएको खबर आएको छ,” विष्टले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4