Comments Add Comment

प्रचण्डले रामदेवको टेलिफोन टार्न सकेनन्

प्रधानमन्त्री प्रचण्ड आज बारा जाने

prachanda-(4)१२ मंसिर, काठमाडौं । बारामा आयुर्वेदिक उद्योगको उदघाटन गर्न नेपाल आएका रामदेव सो उद्योग एवं योग शिविरको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रयोग गर्न सफल भइसकेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि झुकाएर रामदेवले खनालको शीरमा हात राखिसकेका छन् । यति गरेपछि उनले शनिबार प्रधानमन्त्री प्रचण्डलाई डाइरेक्ट टेलिफोन गरे ।

प्रधानमन्त्री प्रचण्ड रामदेवको शिविरमा नजाने भन्ने समाचार शनिबार प्रवाह भएपछि उनले आत्तिएर टेलिफोन गरेका हुन् । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु सबै मेरो मुठ्ठीमा छन् भनेर देखाउने सोचाइमा रहेका रामदेवले प्रधानमन्त्री प्रचण्ड आफूसँग झुक्न नआउने भन्ने सुनेपछि शुरुमा विभिन्न च्यानलबाट प्रधानमन्त्रीलाई फकाउने उपाय लगाएका थिए ।

तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री संविधान संशोधनको कामले व्यस्त भएको भन्दै योग शिविरमा आउन नसक्ने जानकारी दियो ।

त्यसपछि रामदेवले आफैं प्रचण्डको मोबाइलमा फोन गरे । पूर्वनिर्धारित एवं पूर्वप्रचारित कार्यक्रम भएकाले तपाई जसरी पनि आइदिनैपर्‍यो भनेर उनले प्रचण्डसँग जिद्दी गरे ।

चाँडै पग्लिने नरम स्वाभाव भएका कारण प्रधानमन्त्री प्रचण्डले फोनमा रामदेवको आग्रहलाई टार्नै सकेनन् र ‘हस् म आउँछु’ भन्ने वचन दिए ।

आफ्नै वचनका कारण आइतबार अपरान्ह ३ बजेतिर प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टर चढेर रामदेवको योग शिविर समापन कार्यक्रममा भाग लिन बारा जाने तयारीमा रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

jhalanath-ramdev

एमाले नेता झलनाथ खनाल आफूसँग झुकेको फोटो फेसबुकमा हालेका रामदेवले अब प्रचण्डसँगको तस्वीर पनि त्यसैगरी फेसबुकमा अपलोड गर्न पाउने अवसर उनलाई जुटेको छ ।

तर, भारतीय बहुराष्ट्रिय उद्योगको उदघाटनमा सरकार प्रमुख र राष्ट्र प्रमुख अनि देशका ठूला–ठूला नेताहरु लस्कर लाग्नुका पछाडि योग र आयुर्वेदको कारणमात्रै नभएर भारतप्रतिको भक्तसमेत रहेको आम बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment