Comments Add Comment

हिट्स एफएम म्यूजिक अवार्डमा कसको होला पल्ला भारी ?

hit-fm-music-awardहिट्स नेपाल प्रालिले ‘२० औं हिट्स एफएम म्यूजिक अवार्ड २०७३’ को मनोनयन सार्वजनिक गरेको छ । २०७२ साल वैशाख १ गतेदेखि २०७२ साल चैत्र मसान्तसम्ममा हिट्स एफएममा दर्ता भएका गीत तथा गीति संग्रहबाट हरेक विधामा उत्कृष्ट पाँच गीतहरु मनोनयनमा परेका हुन् ।

‘२० औं हिट्स एफएम म्यूजिक अवार्ड’मा गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा सर्वाधिक ६ विधामा मनोनयनमा परेका छन् । विश्व नेपालीको स्वर, राजुबाबु श्रेष्ठको शव्द, हरि लम्सालको संगीत रहेको ‘सारा संसारै’ पाँच विधामा मनोनयनमा परेको छ ।

त्यस्तै प्रमोद खरेलको स्वर, एकनारायण भण्डारीको शव्द, आशिष अविरलको सगीत रहेको ‘म बाँचेकै’, रामकृष्ण ढकालको स्वर, रमेस बिजिको शव्द, राजेस थापाको रहेको म हुरीमा… बोलको गीत पनि पाँच विधामा मनोनयनमा परेको छ ।

सर्वोत्कृष्ट नव प्रतिभामा अप्रील रस, आर्जन पाण्डे, विकास सिलवाल, रविन्द्र राई र सिम्मा राई मनोनयनमा छन् । अल्मोडा राना उप्रेती सर्वोत्कृष्ट पुरुष गायन पप्, सर्वोत्कृष्ट पप/रक् संगीत सृजना र सर्वोत्कृष्ट संगीत संयोजनको विधामा मनोनयनमा छन् । त्यस्तै नेपथ्य र अशेष एण्ड नेख्वम पनि तीन विधामा मनोनयनमा परेका छन् ।

मन्द मन्द मुस्कानमा बोलको गीतबाट राजेस पायल राई सर्वोत्कृष्ट एकल गायन पुरुष र सर्वोत्कृष्ट गीत तथा संगीतकार महेश खड्का सर्वोत्कृष्ट संगीत सृजनाको विधामा मनोनयनमा पर्न सफल भएका छन् ।

संसार मायामा अड्छ… भने बोलको गीतबाट सुजाता उपाध्याय मानान्धर र उदितनारायण झा सर्वोत्कृष्ट युगल गायन, संगीतकार आनन्द राई सर्वोत्कृष्ट संगीत सृजना र महाराज थापा सर्वोत्कृष्ट संगीत संयोजनको विधामा मनोनयनमा परेका छन् ।

सर्वोत्कृष्ट चलचित्र गीततर्फ भने कालीप्रसाद बास्कोटा, वसन्त सापकोटा, अर्जुन पोखरेल, दीपकाराज गौतम र जुगल डंगोल मनोनयनमा छन । त्यस्तै सर्वोत्कृष्ट लोक गीतको विधामा अन्जान बाबु, विरहि कार्की र सरिता कार्की, विनोद ढकाल र जमुना सनम, रमेसराज भट्टराई र शान्ती श्री परियार र कुमार बस्नेत मनोनयनमा परेका छन् ।

सर्वोत्कृष्ट रचना तर्फ दिनेस अधिकारी, डिपि खनाल, राजुबाबु श्रेष्ठ, एकनारायण भण्डारी र रमेस बिजि मनोनयनमा परेका छन् । विक्रम संवत २०५२ सालमा आप\mनो स्थापनासंगै २०५४ सालमा सातओटा विधाबाट शुरु भएको संगीतको यो उत्सवमा हाल १७ ओटा विधाहरु रहेका छन् । जस मध्येको एउटा विधा लाईफ टाइम एचिभमेन्ट अवार्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment