Comments Add Comment

अलग अभियानमा चेतनारायण र गीताको प्रस्तुति

chetnarayan-rai

ललितपुर । हरेक महिना साहित्य र सङ्गीतसम्बन्धी शृङ्खला आयोजना गर्दै आएको अलग अभियानले मंसिर शृङ्खलामा गायक र कविलाई निम्त्यायो ।

गायक चेतनारायण राईले आफ्नो संघर्षमय विगतको चर्चा गर्दै गीत गाउन पलेँटी कसे । गीतको पृष्ठभूमि बताउँदै उनले ‘टिस्टामा खोला तरेर आउँदा’, ‘हाम्रो बस्तीमा जस्तै’, ‘बैशाखी मुना’, ‘न आयो मलाई तस्बिर उनको’लगायत गीत प्रस्तुत गरे ।

त्यसपछि मञ्चमा उक्लेकी कवि तथा गीतकार गीता त्रिपाठीले आफ्ना केही गीत र कविता वाचन गरिन् । उनले अलग अभियानको नियमित शृङ्खलाको सराहना पनि गरिन् ।

अतिथिको प्रस्तुतिपछि अन्य कवि र गायक-गायिकाहरुले माहौल अझ तताए । स्वप्निल स्मृति, नाकिमा, साङ्केन बान्तावा, लक्ष्मी रुम्बा लगायतले कविता सुनाए भने आभा मुकारुङ, मण्डल साम्पाङ, भीमसेन राई, सरला राई लगायतले साङ्गीतिक प्रस्तुति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment