Comments Add Comment

बिहेका लागि तयार केकी, तर कुरा के मा अड्कियो ?

keki
नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै नायिका केकी अधिकारीले राम्रो उचाई पाइन् । बक्स अफिसमा सफलता हासिल गर्न नसकेपनि केकी अहिलेकी व्यस्त नायिका हुन् ।

केकीको लागि ज्यान पनि दिन धेरै यूवाहरु तयार होलान् । तर, केकीले बिहे कहिले गर्छिन् उनलाई नै थाहा छैन । अनलाइनखबरसँग कुरा गर्ने क्रममा बिहेको बिषयमा केकीले रमाइलो जवाफ दिइन् ।

केहि समयमा अगाडि केकीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई एक जना यूवा मन परेको पनि बताएका थिइन् । केकीको प्रेम चर्चा गसिप बजारमा खासै आएको पनि पाइदैन ।

बिहेका लागि तयार हुनुहुन्न भन्ने प्रश्नमा केकीले रमाइलो जवाफ दिइन्-‘म त तयार छु नी, तर के गर्नु मसँग बिहे गर्ने मान्छे नै तयार छैन । बिहेका लागि मान्छे नै भेटेको छैन ।’

अहिले मंसिरमा महिना चलिरहेको छ । बिहेको यो महिनामा केकीसँग बिहे गर्न कुन यूवा तयार होलान् त, प्रतिक्षा गरौ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment