Comments Add Comment

रोनाल्डोलाई कहाँ त्यसै ‘पेनाल्डो’ भनिएको हो र !

penaldo-ronaldo

१३ मंसिर, काठमाडौं । ‘पेनाल्डो’, अर्जेन्टाइन सुपरस्टार लिओनल मेस्सीका डाइहार्ट फ्यानहरुले चीरप्रतिद्वन्द्वी पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोबिरुद्ध प्रयोग गर्ने शब्द हो ।

उनीहरुको धारणा छ कि यदि रियल मड्रिडले पाउने पेनाल्टीमा उनले अवसर नपाउने हो भने रोनाल्डोको नाममा यति धेरै गोल हुने थिएन ।

र, रोनाल्डोले आगामी साता नाउ क्याम्पमा हुने एल क्लासिकोमा बार्सिलोनाबिरुद्ध पेनाल्टीमा गोल गरे भने उनले ला लिगामा अर्को कीर्तिमान बनाउनेछन्, त्यो हो पेनाल्टीमा धेरै गोल गर्ने ।

शनिबारको खेलमा स्पोर्टिङ गिजोनबिरुद्धको पेनाल्टी गोलको मतलव के हो भने, अर्को खेलमा उनले पेनाल्टीमा गोल गरेमा क्लवका पूर्व लेजेण्ड हृयुगो सान्चेसको कीर्तिमान बराबर गर्नेछन् ।

र यहि कारण हो कि बार्सिलोनाका समर्थकले जहाँतहीँ रोनाल्डोलाई ‘पेनाल्डो’ उपनामबाट बोलाउने गर्छन् ।

मेक्सिकन सुपरस्टार सान्चेसले ५६ पेनाल्टी गोलसँगै ला लिगामा सबैभन्दा धेरै गोलको कीर्तिमान बनाएका छन् । उनले एथ्लेटिको मड्रिड, रियल मड्रिड र रायो भालेकानोमा रहँदा यी गोल गरेका थिए ।

त्यस्तै आश्चर्यजनक रुपमा एभर्टनका बर्तमान म्यानेजर रोनाल्ड कोयम्यान ४६ पेनाल्टी गोलसँगै तेस्रो स्थानमा छन् । जवकी उनी बार्सिलोनाका तत्कालीन सेन्टर ब्याक थिए ।

लियोनल मेस्सी ४२ पेनाल्टी गोलसँगै पाँचौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment