Comments Add Comment

के बाणीले ओठको सर्जरी गरेकी हुन् ?

bani-kapoor
चलचित्र ‘शुद्ध देसी रोमान्स’मा पहिलो पटक काम गर्दा नायिका वाणी कपुरको ओठ र अनुहार नै अर्को थियो । तर, जब चलचित्र ‘वेफिक्रे’को ट्रेलर सार्वजनिक भयो, उनको अनुहार नै बदलियो ।

चलचित्रको फस्टलुक सार्वजनिक भएपछि बाणीको ओठलाई लिएर चर्चा भयो । उनको लुक्स बदलिएपछि सामाजिक संजाल र मिडियामा चर्को टिप्पणी र आलोचना पनि गरियो ।

डिसेम्बर ९ तारिखमा रिलिज हुन लागेको आफ्नो नयाँ चलचित्र ‘वेफिक्रे’को प्रमोशनका क्रममा वाणीले यो बिषयमा मुख खोलेकी छिन् । उनले भनिन्-‘के कसैलाई मेरो ओठ देखेर यस्तो लाग्छ । फेरि, मसँग ओठ सर्जरी गर्नका लागि पैसा नै कहाँ छ र ? म आफूसँग भएको पैसा यस्ता कुराहरुमा खर्च गरेर बर्बाद गर्न चाहन्न ।’

बाणीले सामाजिक संजाल र मिडियाबाट आफू टाढा रहेकाले के कस्ता खबर आउँछन्, आफूलाई थाहा नहुने सुनाइन् । उनले आफू आफ्नै काममा व्यस्त भएको पनि सुनाइन् । बाणीले चलचित्र ‘वेफिक्रे’मा काम गरेर आफू निकै खुशी भएको पनि बताइन् । नायक रणवीर सिंहसँग उनले चलचित्रमा २३ भन्दा बढी चुम्बन गरेपछि यो चलचित्र अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment