+
+

कांग्रेसले बुझायो राज्यमन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

रमेश धमला रमेश धमला
२०७३ मंसिर १४ गते १९:५०

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट १० राज्यमन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाएको छ । पार्टी सभापतिले सिफारिस गरेको नाम उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ ।

Congress-Flagसरकारमा कांग्रेसको नेतृत्व गरेका निधिले १० जना राज्यमन्त्रीहरुको नाम र मन्त्रालयसहित प्रधानमन्त्रीलाई पठाएका हुन् । स्रोतका अनुसार दिर्घसिंह भाट भौतिक योजना राज्यमन्त्री, सिताराम मेहेता वन र तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको लागि सिफारिस गरिएको छ ।

त्यस्तै सुरेन्द्र आचार्य सिंचाइ राज्यमन्त्रीमा सिफारिस भएका छन् भने सुवर्ण ज्वारचन शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका छन् ।

दिलिप गच्छदार श्रम राज्यमन्त्री, इन्द्र बानियाँ पर्यटन, दिलिप खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग, मिठु मल्ल वाणिज्य राज्यमन्त्रीको लागि सिफारिस भएको कांग्रेस उच्च स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?