Comments Add Comment

५ आरोपमा बद्री पंगेनीः ‘म पार्टीको होइन, देशकै गायक हुँ’

badri-pangeni_5-aarop
दर्जनौ चर्चित गीत गाएका गायक बद्री पंगेनी अहिले समग्र लोक क्षेत्रलाई सुधार्ने अभियानमा छन् । लोकगीतमा समाजका यथार्थ घटनालाई प्रस्तुत गर्न माहिर पंगेनी नेपाली लोकगीतको भविष्यप्रति आशावादी छन् । उनै गायकलाई अनलाईनखबरले लगाएको पाँच आरोपः

१.तपाई पछिल्लो समय स्रोताका लागि नभएर पार्टीको गायक बन्नु भयो भन्ने आरोप छ ? के भन्नुहुन्छ ?
अब हेर्नुस गीत गाउने क्रममा कहिलेकाहि राजनितीक दलका कार्यक्रममा पनि जानुपर्छ । थुप्रै राजनितीक दलहरुले आयोजना गरेको कार्यक्रममा गाएको छु । तर, मैले कुनै एउटै मात्रै पार्टीको कार्यक्रममा गाएको छैन । त्यसकारण म सबैको गायक हुँ । लोकतन्त्रमा विश्वास गर्ने जुन पार्टीले बोलाए पनि गएर गाइदिन्छु ।

२. लोकसंगीतसँग सम्बन्धित विभिन्न संघसंस्थामा पुगेर पनि समग्र लोकगीतलाई रचनात्मक बनाउन पहल गर्नु भएन भन्छन् ?
म अध्यक्ष भएको भर्खर तीन महिना भयो । हामीले पहिलो मिटिङमै लोकगीतलाई रचनात्मक बनाउने कुरा गर्‍यौ । धेरै साथीहरु सकारात्मक हुनु भएको छ । कति साथीहरुले छाडा गीत नगाउने भनेर हस्ताक्षरै गर्नु भएको छ । त्यसकारण म आशावादी छु, अबका लोकगीत रचनात्मक हुन्छन् ।

३. तपाई अल्छि हुनु भयो भन्छन् । तपाइकै गीतको स्तर पनि पहिलाको तुलनामा कम भयो भन्छन् ?
यसमा म सहमत छु । हो मेरा केहि गीत पहिलाको तुलनामा अलि कमजोर भयो । विभिन्न संघसंस्थामा सहभागी हुनुको साथै ब्यस्त भएर पनि हो । तर, म के कुरामा विश्वस्त छु भने मैले अहिले पनि सामाजिक जागरणको मुद्दा उठाउन छाडेको छैन । गीत केबल मनोरञ्जनमा सिमित हुन्न भन्ने मान्यता भन्दा पर छु । महिला, आदिवासी, पिछडा लगायतका वर्गको आवाजलाई गीत मार्फत ब्यक्त गर्न प्रयासरत छु ।

४. स्वदेशका भन्दा विदेशका कार्यक्रमलाई प्राथमिता दिनु हुन्छ रे हो ?
यो भने हैन । म जहिले स्वदेशी कार्यक्रमलाई नै प्राथमिकता दिन्छु । स्वदेश मात्रै हैन स्वदेशका पनि अति दुर्गम स्थानमा गएर गीत गाउनुपर्ने मान्यता राख्छु । मकवानपुर, कैलाली लगायतका धेरै दुर्गम स्थानमा गएर गाएको छु ।

५. स्टेज कार्यक्रम राम्री केटी देखेपछि लाजले पानी-पानी हुनुहुन्छ भन्ने छ नि ?
लजाउन पर्ने ठाँउमा लजाएँ होला, तर स्टेज कार्यक्रममा राम्री केटी देखेकै कारण लजाएको मलाई थाह छैन । तपाइले कहाँवाट थाह पाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment