Comments Add Comment

एमीको जवाफ-‘सलमानसँग डेट गर्न चाहन्छु, तर अहिले सिंगल छु’

salman-khan-and-ami-jackson
केहि महिनादेखि नायक सलमान खानसँग नायिका तथा मोडल एमी ज्याक्सनले डेट गरिरहेको खबर मिडियामा सार्वजनिक भैरहेका छन् । सलमान र एमीको निकटता त्यतिबेला अझ चर्चामा रह्यो, जब सलमान विना निम्तो उनी अभिनित चलचित्र ‘२.०’को फस्टलुक सार्वजनिक कार्यक्रममा पुगे । एमीकै कारण सलमान विना निम्तो कार्यक्रममा पुगेको चर्चा पनि भयो ।

हालैमात्र एक म्यागेजिनको कभर सार्वजनिक कार्यक्रममा पुगेकी एमीले सलमानसँगको अफेयरमा जवाफ दिएकी छिन् । उनले भनिन्-‘सलमान खानसँग डेट गर्न को चाहँदैन र ? तर, म अहिले सिंगल छु र कसैसँग डेट गरिरहेकी छैन । म सलमान खानसँग काम गर्न चाहन्छु । उनी मेरो मनपर्ने कलाकारको सूचीको शिर्ष स्थानमा छन् ।’

सलमानले चलचित्र ‘सुल्तान’पछि १ महिनामा २० केजी घटाएको भन्दै एमीले प्रशंसा पनि गरिन् । सलमान खानका भाई सोहिल खानले बनाएको चलचित्र ‘फ्रिकी अली’को प्रमोशनका क्रममा एमीसँग अविवाहित नायक नजिक देखिएका थिए । यसपछि, यी दुइको प्रेम चर्चा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment