Comments Add Comment

नम्रता र कोशिशलाई लिएर ‘पर्व’ घोषणा, सस्पेन्स-थ्रीलर मुख्य कथा

parba-annoucne-3छानेर मात्र चलचित्र खेल्ने नायिकाको रुपमा चिनिन्छिन्, नम्रता श्रेष्ठ । उनले गतबर्ष अभिनय गरेको चलचित्र ‘क्लासिक’कै कारण यो बर्ष आयोजित सबैजसो अवार्डमा वर्चस्व नै कायम गरेकी छिन् ।

यो बर्ष नम्रतालाई दर्शकले पर्दामा हेर्न पाउँदैनन् भन्ने चर्चा थियो । कारण, उनले न त कुनै चलचित्रमा संझौता गरेकै खबर सार्वजनिक भएको थियो न त कुनै चलचित्रमा अभिनय नै ।

तर, अब नम्रतालाई दर्शकले यो बर्षको अन्तिम महिनाको २५ गतेबाट हलमा हेर्न पाउनेछन् । चैत्र २५ गते रिलिज गर्ने तयारीका साथ चलचित्र ‘पर्व’को घोषणा गरिएको छ ।

टीभी फिल्मीको छैठौ बाषिर्कोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरिएको हो । सो समारोहमा टीभी फिल्मले प्रशारण गर्ने तयारी गरेको रियालिटी शो ‘को बन्छ कलाकार’को पनि लोगो सार्वजनिक गरियो । नायक भूवन केसी र निर्देशक तुलसी घिमिरेले लोगो सार्वजनिक गरे । टीभी फिल्मकी अध्यक्ष निकिता पौडेलले यो शो मार्फत कलाकारको खोजी गरिने जानकारी दिइन् । साथमा हरेक बर्ष २ वटा चलचित्र निर्माण गर्ने उनको भनाई थियो ।
parba-annoucne-4
टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्र ‘पर्व’को निर्माण हुनेछ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । दिनेशले यस अगाडि ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले जानकारी दिए ।

चलचित्रमा नम्रतासँग ‘मोक्ष’ नायक कोशिश क्षेत्रीले जोडी वाँध्नेछन् । अन्य कलाकारहरुमा अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिनाको मुख्य भूमिका रहनेछ । चलचित्रका लागि अन्य २ लीड यूवतीको खोजी भैरहेको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रमा सुवास गिरी र निकिता पौडेलको लगानी रहेनछ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा विकास सुवेदी एसोसियट निर्देशकको रहनेछन् ।

चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा दिनेश राउत रहनेछन् । शान थापा सहयोगी निर्देशकको रुपमा रहने चलचित्रमा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर दिनेछन् । parba-annoucne-5
चलचित्रको लाइन प्रोड्यूसर विष्णु सुवेदी हुन् । चलचित्रमा सुरज आचार्य प्रोडक्शन डिजाइनर, मनोज जोशी प्रोडक्शन म्यानेजर, आशिष पौडेल कस्टट्यूम डिजाइनर, फराज अर्पण आर्ट डिरेक्टर, पब्लिसिटी डिजाइनर शान थापा रुपमा रहनेछन् ।

लभ स्टोरी चलचित्रको निर्देशन गर्दै आएका दिनेशले यसपटक आफ्नो निर्माण शैलीमा केहि फरकपन ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment