१५ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन प्रस्ताव पास हुन नदिने बताएका छन् । सरकारले ल्याएको संशोधन प्रस्तावको काउन्टरमा संघीयताको विपक्षमा आफ्नो दलले संशोधन प्रस्ताव दर्ता गर्ने उनले बताए ।
संवाद क्लब नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्री केसीले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने टिप्पणी गरे ।
उनले भारतीय विस्तारवादीको इसारमा संशोधन आएको दाबी गरे । तराईलाई पहाडबाट अलग गर्ने र अन्ततः सिक्किमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतीय एजेण्डा लागू गर्ने सर्तमा नयाँ सरकार बनेको दाबी गरे ।
भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै उनले महाकाली सन्धिमा गरेको जस्तो गल्ती एमालेले नदोहोर्याउने विश्वास व्यक्त गरे ।
मधेसी दलहरु नेपाललाई सिक्किमीकरण गर्न भारतको खेताला मात्रै भएको भन्दै उनले संसोधनको प्रस्ताव पारित हुन नदिन राष्ट्रवादी शक्तिहरु एकजुट हुनु पर्ने बताए ।
प्रतिक्रिया 4