Comments Add Comment

काठमाडौंका क्याम्पस अगाडि अखिलको बिरोध प्रदर्शन

akhil-pradarsan

१६ मंसिर, काठमाडौं । सरकारले संविधान संशोधन बिधयेक संसदमा दर्ता गरेको बिरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज बिहान काठमाडौंका बिभिन्न सरकारी क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको छ ।

बिद्यार्थीको बिरोध प्रदर्शनबाट आज बिहान काठमाडौंको केहि स्थानका ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । यद्यपि ट्राफिक प्रहरीले अहिले सबै सामान्य भइसकेको बताएको छ ।

एमाले अखिल कार्यकर्ताले काठमाडौंका अमृत साइन्स, त्रिचन्द्र, आरआर, सरस्वती, पशुपति लगायतका क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेका थिए ।

अखिलको केन्द्रीय कमिटीको आहृवानमा देशभरका प्रमुख क्याम्पसअगाडि प्रदर्शन गरिएको अखिलका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

सरकारबिरुद्धको नारावाजीसहित प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले साढे सातदेखि देखि १० बजेसम्म प्रदर्शन गर्दा कार्यालय समयमा काठमाडौंका बिभिन्न स्थानमा लामो ट्राफिक जाम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment