Comments Add Comment

प्रिमियरमा रुचाइयो ‘बिजुली मेसिन’

bijuli-machine-premier-2
आजबाट देशभर रिलिज भएको चलचित्र ‘बिजुली मेसिन’को बिहिबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा प्रिमियर गरिएको छ । आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथामा यो चलचित्र तयार भएको छ ।

नयाँ बिषयवस्तुलाई उठान गरिएको चलचित्रलाई पत्रकार र चलचित्रकर्मीले मन पराए । धेरैले, ठूलो आशा लिएर हलमा नपुगेपनि चलचित्र हेरिसकेपछि मन छोएको बताए ।

निर्देशकद्धय निश्चल बस्नेत र हेमराज वीसीले चलचित्र क्षेत्रमा अर्का भेट्रान निर्देशकको जन्म भएको बताए । नविन अवालले यो चलचित्रको निर्देशन गरेका हुन् । आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथालाई निर्देशकले कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै सबैले तारिफ गरेका छन् ।
bijuli-machine-premier-3चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, वुद्धि तामाङ, आशिष लुइटेल, जीवन भट्टराइ लगायतका कलाकारको अभिनय छ । नायक राजेश हमाल केमियाे भूमिकामा देखिएका छन् । रिसभ आचार्य, दिपेन बस्नेत, संजिवकुमार न्यौपाने, विन्दु तिमिल्सिनाले यो चलचित्रमा लगानी गरेका छन् ।

चलचित्र हेर्न ‘जात्रा’का दुई कलाकार विपिन कार्की र बर्षा राउत पनि पुगेका थिए । सामान्य प्रचारका साथ हलमा लागेको यो चलचित्रको वर्ड अफ माउथले यसलाई माथि लैजानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment