Comments Add Comment

गोविन्द केसीको माग पूरा भयो, आइओएमको नयाँ डीनमा जगदीश अग्रवाल नियुक्त

केसीको अनशन आजै तोडिने

१८ मंसिर, काठमाडैं । त्रिवि कार्यकारी परिषदको शनिबार बसेको बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको छ। यो नियुक्तिसँगै डा. गोविन्दकेसीको महत्वपूर्ण माग सम्वोधन भएको छ ।

agrawalडीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा केसीको अन्सन पनि आजै तोडिने तय भएको छ।

डा केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएपछि अग्रवालको नियुक्तिका लागि बाटो खुलेको हो।

केसीले मागे विद्यार्थीलार्इ होस्टल

यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले डा केसीलाई भेटेर सरकार माग पूरा गर्न तत्पर रहेको जानकारी गराएको थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

मन्त्री थापाले  सो क्रममा अनसन तोड्न आग्रह गरेका थिए।

मन्त्री थापासँग डा. केसीले सरकारले आइओएममा नयाँ विद्यार्थी होस्टेल बनाउन पहल गरिदिनुपर्ने माग गरे ।

त्यसको जवाफमा मन्त्री थापाले त्यसका लागि सरकारले तत्कालै काम थाल्ने वचन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment