Comments Add Comment

कामना अवार्डमा सौगात र नम्रता उत्कृष्ट, प्रियंका पपुलर कलाकार(फाेटाे फिचरसहित)

namrata-shrestha-award
‘दोश्रो कामना फिल्म अवार्ड’ काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । वि.सं २०७१ सालमा यसको पहिलो संकरण आयोजना भएको थियो भने गतबर्ष भूकम्पका कारण अवार्ड आयोजना भएको थिएन ।

चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रका मानिसहरुको उपस्थितीमा करिब साढे ३ घन्टासम्म अवार्ड चलेको थियो । अवार्ड कार्यक्रमको सुरुवातमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वितरण गरिएको थियो । प्राविधिक प्रदिप उपाध्याय र निर्देशक लक्ष्मीनाथ शर्मालाई यो सम्मानबाट सम्मानित गरियो ।

यो बर्षको सबै अवार्ड जितेकी नम्रता श्रेष्ठले यो अवार्डमा पनि उत्कृष्ट नायिकाको अवार्ड जितिन् । चलचित्र ‘क्लासिक’बाट उनले यो अवार्ड प्राप्त गरेकी हुन् । अधिकांश अवार्डमा नायक दयाहाङ राई र आर्यन सिग्देलविच टक्कर देखिएपनि यो अवार्डको उत्कृष्ट नायकतर्फ भने चलचित्र ‘फन्को’बाट सौगात मल्लले अवार्ड हात पारे ।_e2a2197 arjoon-pokheral-kamana bhuwan-kc-kamana

उत्कृष्ट चलचित्रको विधामा भने ‘पशुपति प्रसाद’ले अवार्ड हात पार्‍यो भने यहि चलचित्रबाट दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए । उत्कृष्ट सह-अभिनेताको अवार्ड चलचित्र ‘प्रेमगीत’बाट सरोज खनालले प्राप्त गर्दा नायिका पि्रयंका कार्कीले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड चलचित्र ‘क्लासिक’बाट प्राप्त गरिन् ।

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’बाट उत्कृष्ट नव-नायिकाको अवार्ड हात पारिन् । पल शाहले चलचित्र ‘नाई नभन्नु ल ४’बाट उत्कृष्ट नव-नायकको अवार्ड जिते । यस्तै, उत्कृष्ट कथातर्फ चलचित्र ‘पशुपति प्रसाद’बाट दीपेन्द्र के खनालले अवार्ड जित्दा, यहि चलचित्रबाट उत्कृष्ट पटकथामा खगेन्द्र लामिछानेले अवार्ड हात पारे । उत्कृष्ट संवादको विधामा भने चलचित्र ‘कबड्डी कबड्डी’बाट उपेन्द्र सुब्बा र रामबाबु गुरुङले अवार्ड जिते । krishan-hari-baral-kamana puru-kamana rajesh-payal-rai-kamana

यस्तै, उत्कृष्ट संगीतमा चलचित्र ‘प्रेमगीत’बाट अर्जुन पोख्रेल, उत्कृष्ट गीतमा ‘प्रेमगीत’बाटै डाक्टर कृष्णहरि बराल, उत्कृष्ट पाश्र्व गायकमा ‘प्रेमगीत’बाट सुगम पोख्रेल र उत्कृष्ट पाश्र्व गायिकामा पनि ‘प्रेमगीत’बाटै अन्जु पन्तले अवार्ड हात पारेका छन् । संगीत विधामा ‘प्रेमगीत’को वर्चस्व रहन पुग्यो ।

चलचित्र ‘ड्रिम्स’बाट भूवन केसीले नव-निर्देशकको अवार्ड जित्दा, ‘बागमती’ चलचित्रबाट कञ्चन ठकुरीले ‘बाल कलाकार’को अवार्ड जितिन् । चलचित्र ‘पशुपति प्रसाद’बाट कलाकार विपिन कार्कीले उत्कृष्ट खलपात्रको अवार्ड भित्राए । यस्तै, चलचित्र ‘अधकट्टी’बाट विल्सन विक्रम राइले उत्कृष्ट हाँस्य कलाकारको अवार्ड जिते ।

उत्कृष्ट कोरियोग्राफीमा कविराज गहतराजले चलचित्र ‘ड्रिम्स’बाट अवार्ड जित्दा सुरेन्द्र पौडेलले चलचित्र ‘क्लासिक’बाट उत्कृष्ट सम्पादकको अवार्ड हात पारेका छन् ।

उत्कृष्ट ब्याकग्राउन्ड स्कोरको विधामा शैलेस श्रेष्ठ(ड्रिम्स), उत्कृष्ट द्धन्द्ध निर्देशकको विधामा हिमाल केसी(भैरव), उत्कृष्ट साउण्ड विधामा अनिस श्रेष्ठ(क्लासिक), उत्कृष्ट श्रृङ्गार विधामा निमा लामाले अवार्ड हात पारेका छन् ।saroj-khanal-kamana subash-giri-kamana surendra-paudel-kamana

यस्तै, जुरी अवार्ड भने निर्देशक उज्ज्वल घिमिरे र चलचित्र ‘कबड्डी कबड्डी’लाई प्रदान गरियो । अन्य विधाहरुमा गायक राजेशपायल राइले क्रिटिक्स(म्यूजिक) अन्र्तगत अवार्ड पाए भने क्रिटिक्स(थिएटर) तर्फको अवार्ड सरिता गिरी र क्रिटिक्स -फेशन)तर्फको अवार्ड प्रशान्त ताम्राकारलाई प्रदान गरियो ।

अवार्डमा विभिन्न नृत्य प्रस्तुतीले मनोरञ्जन दिने कोशिश गरिएको थियो । प्राविधिक पाटो कमजोर र मनोरञ्जनका खुराक कम हुँदा पहिलो संकरण भन्दा दोश्रो संकरणमा कामना अवार्ड केहि फितलो देखिएको छ ।dance-in-kaman namrata-dance-in-kamana

कार्यक्रममा नायक भूवन केसी, नायिकाहरु करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह लगायत पुगेका थिए । अवार्डमा कलाकारको उपस्थिती कम देखिएको थियो । नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि अवार्ड आयोजना गरिएको आयोजकले बताएको छ ।basanta-and-pabitra kamana-award karisma-with-gang namrata-with-bg

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment