Comments Add Comment

भूवन केसीले ‘अंकल’ नभन्नु भनेपछि साम्राज्ञीले भन्न थालिन् ‘भूवन जी’

samragyee-and-buwan
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नायक भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । यो चलचित्रले उनलाई रातारात स्टार बनाइदियो । उनलाई लिएर चलचित्र बनाउन चाहनेहरु धेरै छन् । तर, उनी छानेर मात्र चलचित्रमा काम गरिरहेकी छिन् । भूवनका छोरा अनमोल केसीसँग जोडी वाधेर साम्राज्ञीले चलचित्रमा काम गरिन् । यी दुइको जोडीलाई दर्शकले खुबै मन पराए ।

यसैले, पनि उनका लागि भूवन ‘अंकल’ सरह त हुने नै भए । अघिल्ला अवार्ड समारोहमा जब साम्राज्ञीले अवार्ड पाउँथिन्, स्टेजमा पुगेर बोल्ने क्रममा ‘धन्यवाद भूवन अंकल’ भन्ने गर्थिन् । तर, शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा उत्कृष्ट नव-नायिकाको अवार्ड जितेर स्टेजमा पुगेकी उनले सम्बोधनका क्रममा ‘भूवन जी’ भनिन् ।

आखिर, भूवन केसीलाई साम्राज्ञीले गर्ने सम्बोधनमा कसरि बदलाव आयो त ? अनलाइनखबरसँग कुरा गर्ने क्रममा साम्राज्ञीले यो कुराको पनि खुलासा गरिन् । उनले भनिन्-‘हैन, मैले त भूवन अंकल नै भन्छु नी । तर, भूवन अंकलले नै मलाई ‘अंकल’ नभन्नु भनेपछि मैले ‘जी’ लगाएकी हुँ । उहाँले मलाई अंकल भनेर बुढो नबना भन्नु भएको छ ।’(साम्राज्ञीसँग गरिएको मस्ती टकको भिडियो )

साम्राज्ञीले ‘अंकल’ भन्दा आफू ‘बुढो’ भएको जस्तो सोचेर नै भूवनले ‘जी, सर’ लगाएर बोल्न भनेका रहेछन् । साच्चै, भूवनलाई ‘बुढो’ हुन्छु भन्ने कस्तो पिर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment