ललितपुर । अलग आर्ट हबले विशेष सांगीतिक कार्यक्रम गरी स्वर-सम्राट् नारायणगोपाललाई सम्झियो ।
स्वर-सम्राट्को स्मृति दिवसको अघिल्लो दिन आयोजित कार्यक्रममा गायक-गायिकाहरुले नारायणगोपालद्वारा स्वरबद्ध/संगीतबद्ध गीतहरु प्रस्तुत गरे । आभा मुकारुङ, मण्डल साम्पाङ, हेमन्त चेम्जोङ, झुमा निरौला, कुवेर नेपाली, शिव काफ्ले, नाकिमा नाकिम लगायतले उनका गीत सुनाउँदै भावपूर्ण श्रद्धा सुमन प्रकट गरेका थिए ।
गायक–गायिकाहरुले गीत प्रस्तुत गर्दा वाद्यवादनमा मण्डल साम्पाङ, भीमसेन राई, पावल थुलुङ, राजेश राई, यमकुमार समालले साथ दिएका थिए ।
कार्यक्रममा सुरजचन्द्र लामाले नारायणगोपालको सङ्गीत-यात्राको परिचर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4