+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

‘सलमान मेरो भाई’: साहरुख खान

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १२:५२

srk-and-salman-in-star-award
५ बर्षसम्म बोलचाल नगरेका नायक साहरुख खान र सलमान खान अहिले सबैभन्दा नजिकका मित्र भएका छन् । यतिसम्म कि, यी दुइले एक अर्काको चलचित्र प्रचार पनि खुलेरै गर्छन् । सलमान र साहरुखको मित्रता अब अर्को उचाइमा पुगेको छ ।

आइतबार आयोजना भएको एक अवार्ड समारोहको एकसाथ संचालन गरेपछि यी दुइको मित्रतामा नयाँ आयाम थपिएको थियो । ‘मित्रता’ भन्ने थिममा आयोजना भएको अवार्डमा साहरुख र सलमान स्टेजमा उक्लिए । यी दुई रेड कार्पेटमा पनि एकसाथ देखिए र मिडियासँग कुराकानी गरे ।

मिडियासँग कुरा गर्दै साहरुखले भने-‘सलमान मेरो भाई हुन् । दाजुभाइमा कहिलेकाही तलमाथि हुन्छ । तर, यसलाई मिडियाले ठूलो बनाइदियो ।’
साहरुख र सलमानले एकसाथ अवार्ड कार्यक्रम संचालन गरेपछि यी दुइको मित्रता कुन उचाइमा पुगेको रहेछ भन्ने पनि पुष्टी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?