Comments Add Comment

‘द कपिल शर्मा शो’ नविकरणका लागि सोनीले तिर्‍यो ११० करोड

the-kapil-sharma-show-final
कलर्स च्यानल छाडेर सोनी च्यानलमा पुगेका भारतीय चर्चित कमेडियन कपिल शर्मालाई आउँदो बर्ष पनि ठूलो फाइदा हुने भएको छ । कपिलले सोनीबाट ‘द कपिल शर्मा शो’ संचालन गर्न थालेपछि च्यानललाई पनि खुबै फाइदा भैरहेको छ । यो कार्यक्रमले सोनीको टीआरपी पनि माथि उठाइदिएको छ ।

कलर्स च्यानलमा लफडा भएपछि कपिल सोनीमा पुगेका थिए । अहिले यो शो टीआरपीको १० भित्र छ । सायद, यहि कारणले पनि होला सोनी कपिलको यो शो गुमाउन चाहदैन ।

सन् २०१६ को अन्त्यसँगै सोनी र कपिलविचको संझौता पनि सकिनेछ । यसैले पनि ढिलो नगरि सोनीले सन् २०१७ का लागि कपिलसँग नयाँ संझौता गरेको छ ।
एक बर्षमा १५ करोड कर तिर्छु भनेका कपिलले आउँदो बर्ष झनै महंगो कर तिर्ने देखिएको छ ।

सोनीले कपिलसँग निकै महंगो रकममा संझौता नविकरण गरेको छ । सन् २०१७ का लागि कपिल र सोनीविच ११० करोडमा संझौता भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो संझौताले सोनी च्यानलका संचालक पनि खुशी देखिएका छन् ।

यो शोमा बलिउडका चर्चित कलाकारदेखि नेता, क्रिकेटर पनि पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment