Comments Add Comment

मानवअधिकार आयोगमा दलित विभाग गठन गर्न माग

dalit-aayog

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पाँच संसदले राष्ट्रिय मानवअधिकार आयोगमा दलित विभाग वा महाशाखा गठन गर्न माग गरेका छन् ।

मानबहादुर विश्वकर्मा, जीवन परियार, मीन विश्वकर्मा, सुजाता परियार र खड्गबहादुर बस्र्यालले आयोगका अध्यक्ष अनुपराज शर्मालाई चारबुँदे ज्ञापन पत्र बुझाएका छन् ।

जसमा दलितसम्वन्धी उजुरी हेर्न, दलित समुदायको मानवअधिकार हननका सम्वन्धमा विशेष कार्यक्रम सञ्चालन गर्न एक महिनाभित्र दलित विभाग वा महाशाखा गठन गर्न माग गरेका छन् ।

साथै दलित समुदायले पाउनु पर्ने मानवअधिकार प्रत्याभूति दिलाउन र जातीय विभेद र छुवाछुतको कारण मानवअधिकार हनन् भएका उजुरीहरु छानविन गरी कानुन अनसार कारबाही गर्न माग गरेका छन् ।

जवाफमा आयोगका अध्यक्ष शर्माले आयोगमा दलित मुद्दा हेर्न छिट्टै डेक्स स्थापना गर्ने बताएका छन् ।

dalit-aayog-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment