Comments Add Comment

‘पुरानो डुङ्गा’ पछि ‘सेतो सूर्य’, दयाहाङका लागि कति महत्वपूर्ण ?

dayahang-rai
मंसिर १० गतेबाट रिलिज भएको चलचित्र ‘पुरानो डुङ्गा’ले ओपनिङ कारोवार राम्रो गरेपनि त्यसपछि खासै कमाल गर्न सकेन । चलचित्रका मुख्य नायक दयाहाङ राई र यसमा समावेश ‘निर जहिले रिसाउने’ बोलको गीतका कारण रामबाबु गुरुङ निर्देशित यो चलचित्र चर्चामा थियो ।

तर दर्शक, चलचित्र र दयाहाङको भूमिकाबाट निराश भए । चलचित्रले दर्शक र समिक्षकबाट कमजोर समिक्षा पाएपछि अहिले दयाहाङको चलचित्र खेल्ने शैलीको आलोचना भैरहेको छ ।

यहि विचमा, २ हप्ताकै अन्तरमा मंसिर २४ गतेबाट उनै दयाहाङको नयाा चलचित्र ‘सेतो सूर्य’ रिलिज हुादैछ । द्धन्द्धकालिन समयलाई बालबालिकाको नजरबाट हेरेको यो चलचित्रले विश्वका विभिन्न देशमा आयोजित अवार्ड र महोत्सवबाट चर्चा पाइरहेको छ । केहि दिन अगाडि मात्र सिंगापुरमा आयोजना भएको ‘फिल्म फेस्टिबल’मा यसले एसियाकै उत्कृष्ट फिचर फिल्मको अवार्ड जित्यो ।

‘सेतो सूर्य’को व्यापार दयाहाङका लागि महत्वपूर्ण छ । कारण, २ वटा चलचित्र लगातार चलेन भने त्यसको प्रत्यक्ष असर अहिलेका चर्चित नायकमाथि पर्नेछ ।
यो बर्ष मात्र दयाहाङ अभिनित चलचित्रको रिलिज संख्या आधा दर्जन कट्नेछ भने अर्को बर्ष पनि यस्तै हारहारीमा रिलिज हुादैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment