Comments Add Comment

९० प्रतिशत सेयर सूचीकरण हुँदा ६ लाख २३ हजार लगानीकर्ता !

१५ लाख सक्रिय लगानीकर्ता के भ्रम हुन् ?

investers

२४ मंसिर, काठमाडौं । केही दिनअघि धितोपत्र बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा सूचीकृत सेयरमा ३५ प्रतिशत हिस्सामात्र सर्वसाधारणको रहेको र यस आधारमा हेर्दा कुल ९० प्रतिशत शेयर डिम्याट (विद्युतीय अभिलेख गरिएको/अभौतिकीकरण) भएको उल्लेख गरेको छ ।

त्यसक्रममा बोर्डले गैर कारोबारीय सेयरको रुपमा लिइने संस्थापक सेयरलाई आधार नमानेर सर्वसाधारणको स्वामित्वमा रहेको सेयरलाई मात्र गणनाको आधार लिनु पर्ने स्पष्ट पारेको थियो । बोर्डले डिम्याट भएको सबै सेयरलाई सर्वसाधारणमा रहेको सेयरको रुपमा मान्न सकिने समेत उल्लेख गरेको थियो (हेरौं विज्ञप्ति) ।

press-release-of-sebon

 

तर, धितोपत्र बोर्डको ९० प्रतिशत सर्वसाधारण सेयर सूचीकृत भएको दाबीले लगानीकर्ताको संख्या माथी भन्ने पुनः प्रश्न उठाएको छ । अहिले पनि बजार बुलिश ट्रेण्डमा रहँदा सेयर बजारमा १५/२० लाख सक्रिय सेयर लगानीकर्ता रहने दाबी धेरैजसोले गर्दै आएका छन् । नियामक निकायहरु पनि यो दाबीमा धेरै हदसम्म सहमत हुने गरेका छन् ।

९० प्रतिशत सेयर सूचीकृत रहेको दाबीलाई आधार मान्दा लगानीकर्ताको संख्या भने ६ लाख ३२ हजार मात्र देखिएको छ । बोर्डले जारी गरेकै प्रेस विज्ञप्तिमा पनि संस्थापक शेयर कारोबार नहुने गरेकाले डिम्याट हुनेको संख्या ज्यादै न्युन रहेको समेत उल्लेख गरेको छ ।

cdsc-updateबाँकी १० प्रतिशत सेयर डिम्याट हुने हो भनेपनि कुल लगानीकर्ताको संख्या १० लाख पनि नपुग्ने देखिन्छ । यस बाहेक अहिले पनि एक लगानीकर्ताले एक भन्दा बढी शेयर डिम्याट एकाउन्ट खोल्न पाउने व्यवस्था रहेकाले यसमा पनि वास्तविक लगानीकर्ताको संख्या घट्न सक्ने प्रशस्त आधारहरु देखिन्छ ।

अधिकतम आधार १० लाख सक्रिय लगानीकर्ता हुने हो भने कुल नेपालीमध्ये (२ करोड ७८ लाख संख्यामा) मात्रै ३.५९ प्रतिशत नेपाली दोस्रो बजारमा क्रियाशील रहेको देखिन्छ ।

कहाँ गयो सिंगल आइडेन्टीफिकेशनको व्यवस्था ?

धितोपत्र बोर्डले वास्तविक सेयर लगानीकर्ता पत्ता लगाउन सिंगल आइडेन्टीफिकेशन प्रणाली लागू गर्नु पर्नेमा जोड दिँदै पटक-पटक आफ्नो भावी योजनाको रुपमा यसलाई अगाडि सार्दै आएको छ । यो व्यवस्था लागू नहुँदासम्म वास्तविक सेयर लगानीकर्ताको संख्या पहिचान हुन सक्ने अवस्था नबन्ने देखिन्छ ।

‘वास्तविक सेयर लगानीकर्ता पत्ता लगाउन सहज छैन, हामीले प्राप्त तथ्यांकलाई आधार मान्दा ९० प्रतिशत सर्वसाधारणमा रहेको सेयर सूचीकृत भएको हो र ६ लाखभन्दा बढी डिम्याट खाता खोलिएको हो,’ धितोपत्र बोर्डका सहायक प्रवक्ता तथा निर्देशक निरञ्जय घिमिरेले बताए ।

वास्तविक शेयर लगानीकर्ताको संख्या उपलब्ध हुन सकेमा मात्रै बजारको घनत्व (डेप्थ) पनि पत्ता लाग्ने अवस्था बन्छ । अहिले बजार हालसम्मकै उचाई आसपास रहदा इतिहासकै धेरै लगानीकर्ता बजारमा रहेको मानिएको छ । तर संख्याको आधारमा हेर्दा हाम्रो बजार निकै सानो देखिन्छ ।

हाल काठमाडौंमै पनि ४० देखि ५० लाख मानिसको बासोबास रहेको अनुमान छ । सेयर बजार केन्द्रिकृत अर्थात् काठमाडौंमुखी भएको भनिएको यो अवस्थामा पनि काठमाडौंका समेत १५ प्रतिशत ( काठमाडौंमा ४० लाख मानिस रहेको आधारमा) मानिस मात्र सेयर बजारमा आबद्ध रहेको देखिन्छ ।

कसरी बढाउने सेयर लगानीकर्ताको संख्या ?

हाल काठमाडौं केन्द्रित सेयर बजारलाई पनि विकेन्द्रित गर्नुपर्ने आवाज उठ्ने गरेको छ । धितोपत्र बोर्डले समेत पटक-पटक ब्रोकर लाइसेन्स बैंकहरुलाई दिनुपर्ने आवाज उठाउँदै आएको छ । तर यो प्रक्रियाले गति लिन सकेको छैन भने नेप्से र बोर्डबीच यस विषयमा पनि विवाद देखिदै आएको छ ।

[sam_list]

नेप्सेले केही समयअघि ब्रोकर कम्पनीहरुले जिल्ला-जिल्ला पठाउने गरी काम थालेको थियो । तर पुनः धितोपत्र बोर्डको निर्देशनमा कार्यदल बनाएर मात्रै ब्रोकरहरुलाई जिल्ला-जिल्ला जाने गरी रिमोट वर्क स्टेशन सञ्चालन गर्न दिने गरी काम भइरहेको थियो ।

अहिले यो प्रक्रियाले पनि गति पाउन सकेको छैन । नेप्से स्रोतका अनुसार बोर्डले कार्यदलमा आफ्नो संस्थाबाट खटाएको प्रतिनिधि फिर्ता बोलाएको छ । यद्यपी कार्यदलले प्रतिवेदन तयार गरिसकेकाले यो प्रक्रिया अगाडि भने बढ्ने देखिन्छ ।

‘कार्यदलले प्रतिवेदन सञ्चालक समितिमा पेश गरिसकेको छ, सञ्चालक समितिको निर्णयअनुसार यो काम अघि जान्छ,’ नेप्सेका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment