Comments Add Comment

मेरो बिहेको वारेमा आमाले चिन्ता गर्नु हुन्नः प्रियंका

मुम्बई । हलिउडदेखि बलिउडसम्म प्रभाव पार्न सफल नायिका प्रियंका चोपडा चाँडै भारत जाने तयारीमा छिन् । केही भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार प्रियंका अब केहि बलिउड प्रोजेक्टमा काम गर्न चाहन्छिन् । त्यसो त उनले एक अन्तरवार्ताको क्रममा केहि ब्यक्तिगत कुरा समेत गरेकि छिन् ।

विवाहको प्रसंगमा आफ्नी आमाले कहिल्यै चिन्ता नगरेको उनको भनाई थियो । ‘मेरी आमा मेरो विवाहको विषयलाई लिएर कहिल्यै चिन्ता ब्यक्त गर्नुहुन्न । किनकी उहाँले पनि ढिलै बिहे गर्नु भएको थियो ।’ प्रियंकाले भनिन् । आफ्नी आमाले जहिल्यै करिअर र शिक्षालाई महत्व दिएको उनको भनाई थियो ।

दीपिकासँग तपाईको प्रतिस्पर्धा छ हो भन्ने प्रश्नमा उनले प्रतिस्पर्धा हुनुलाई स्वभाविक मान्नु पर्ने बताइन् । दिपिका र आफुहरु अलग अलग तरिकाले काम गरेको जानकारी दिँदै पि्रयंकाले भनिन् ‘हिरोहरुमा प्रतिस्पर्धा हुन्छ भने हिरोईनको किन नहुने ?’ तर, अस्वस्थ प्रतिस्पर्धा नभएको दाबी गरिन् उनले ।

आफुलाई रिष्क लिँदा मज्जा आउने धारणा राख्ने पि्रयंकाले सोही कारण प्रोडक्सन हाउस सुरु गरेको बताईन् । उनको प्रोडक्सन हाउसले स्थानिय चलचित्रलाई महत्व दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment