+
+

२१ अंकले ओर्लियो नेप्से, ४० करोडको मात्रै कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २६ गते १८:०८

down-share-market
२६ मंसिर, काठमाडौ । आइतबार नेप्से परिसूचक २१.८८ अंकले तल झरेर १ हजार ५ सय २२ दशमलव ८० अंक कायम भएको छ ।

त्यस्तै क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३ सय २९ दशमलव ५८ अंक कायम भएको छ । बजारमा उत्पादनबाहेक सबै समुहका परिसूचक घटेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिमा १ सय ४७ दशमलव ५ र होटल ६९ दशमलव १३ अंकले तल ओर्लिएको छ ।
आइतबार सेयरबजारमा १ सय ४१ कम्पनीको ६ लाख ९३ हजार ५सय ३९ कित्ता सेयर ३ हजार ७ सय ७३ पटक किनबेच हुँदा ४० करोड ९ लाख ६८ हजार ८ सय ६९ रुपैयाको कारोबार भएको छ ।

केहि समय अघिसम्म अर्बको कारोबार हुने सेयरबजारमा अहिले लगानीकर्ता निराश भएसंगै ४० करोडको मात्रै कारोबार भएको छ ।

nepse-26
कारोबारका आधारमा एभरेष्ट बैंक, सिखर इन्सुरेन्स र सिद्धार्थ बैंक अग्रस्थानमा रहेका छन् । नमस्ते वित्तीय सस्था, एनबि इन्सुरेन्स हिमालयन डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने अपि पावर कम्पनी, पोखरा फाइनान्स र अरुण फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढि गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?