Comments Add Comment

जान्नुहोस् कहिले रिलिज हुँदैछ नीशा र हसनको ‘रोमियो’

romeo-team-4
हाल सम्पादन भैरहेको चलचित्र ‘रोमियो’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई आउँदो बर्षको वैशाख महिनामा रिलिज गर्ने तयारी गरिएको छ ।

निर्माता तथा नायक हसनराजा खानले भने-‘हामीले वि.सं २०७४ सालको वैशाख २९ गते चलचित्र रिलिज गर्ने तय गरेका छौ । वितरकसँग छलफल गरेर यो मिति तय गरिएको उनले बताए । अहिलेसम्म यो मितिमा कुनै नेपाली चलचित्रको प्रदर्शन तय गरिएको छैन ।

प्रेम कथामा तयार भएको यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । शंकर यहि चलचित्रबाट रजतपटमा निर्देशकको रुपमा भित्रदैछन् । चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, मेलिना मानन्धर, ओसिमा बानु लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको अडियोले अहिले युटुबमा चर्चा पाइरहेको छ । चलचित्रका बारेमा नायिका नीशा अधिकारी भन्छिन्-‘मलाई यो चलचित्रको भूमिका निकै च्यालेञ्जिङ लाग्यो । दर्शकले मलाई चलचित्रमा भिन्न भूमिकामा देख्न पाउनु हुनेछ ।’

निर्माता तथा नायक हसनराजा खानले चलचित्रबाट दर्शक निराश नहुने र पूर्ण मनोरञ्जन गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment