Comments Add Comment

दीपेन्द्रको ‘धनपति’मा खगेन्द्र र सुरक्षाको जोडी

suraxya-khagendra-and-dipendra
नेपाली चलचित्र क्षेत्रमा निर्देशक दीपेन्द्र के खनालले आफ्नै ब्रान्ड बनाएका छन् । उनले निर्देशन गरेका ‘पशुपति प्रसाद, चपली हाइट’ जस्ता चलचित्रले सफलता पाए ।

उनै निर्देशक अब चलचित्र ‘धनपति’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् । यो चलचित्रमा ‘पशुपति प्रसाद’का कलाकार खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिनेछन् ।

अब, चलचित्रमा खगेन्द्रको जोडीको रुपमा नायिका पनि पक्का गरिएको छ । चलचित्रमा, नायिका सुरक्षा पन्तले मुख्य भूमिका रहने भएको छ । सुरक्षा ‘अझै पनि’बाट रजतपटमा भित्रिएकी कलाकार हुन्, जो यतिबेला ‘सुस्केरा’ नामक चलचित्रमा काम गरिरहेकी छिन् ।

निर्देशक पन्तले चलचित्रका लागि सुरक्षालाई फाइनल गरिएको जानकारी अनलाइनखबरलाई दिएका छन् । यो चलचित्रमा कथा, पटकथा तथा संवाद खगेन्द्रकै छ ।
माघ महिनाबाट छायांकनमा जाने चलचित्रमा रोजिन सिटौलाको लगानी रहनेछ ।

चलचित्रमा सह निर्माताको रुपमा रजना नापित र समिर देवकोटा रहनेछन् । ओम गुरुङ यसका सहायक निर्माता हुन् । सपना र अहंकारका कारण एउटा मानिस कहाँ-कहाँ ठोकिन्छ भन्ने कथामा यो चलचित्र निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment