बलिउडका सर्वाधिक चर्चित ३ खानलाई गुगल सर्चमा अर्का एक उदाउँदै गरेका नायकले उछिनेका छन् । तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ, सन् २०१६ मा गुगल सर्चमा साहरुख, सलमान, आमिर जस्ता कलाकारलाई अर्का एक कलाकारले उछिनेका छन् । उनी हुन्, नायक सुशान्त सिंह राजपुत ।
सुशान्त सन् २०१६ मा सबैभन्दा धेरै गुगलमा खोजिने बलिउड नायक बनेका छन् । आखिर, सलमान खानलाई पाचौ स्थानमा पुर्याउँदै सुशान्त कसरि पहिलो स्थानमा आइपुगे ?
सुशान्त यो बर्ष चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’का कारण चर्चामा रहे । यो चलचित्रले भारतको बक्स अफिसमा सय करोड माथिको कारोबार गर्यो । जसले गर्दा पनि उनलाई धेरै गुगलमा खोजिएको देखिन्छ ।
उनी, टीभी कलाकार अंकिता लोखन्डेसँगको व्रेकअपका कारण पनि चर्चामा रहे । यस्तै, नायिका कृती सेननसँगको प्रेम चर्चाले उनलाई खबरमा ल्याइदियो । यी र यस्तै कारणले यो बर्ष गुगलमा सर्च गरिएका बलिउड कलाकारमा सुशान्त पहिलो नम्बरमा आइपुगेका छन् ।
प्रतिक्रिया 4