
३० मंसिर, झापा । संघीय लिम्बुवान पार्टी नेपालले बिहीबार आह्वान गरेको बन्दलाई सफल बनाउन सडकमा निस्किएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधान संशोधनको विरोध गर्दै बन्द आह्वान गरिएको हो ।
संघीय लिम्बुवान पार्टी नेपालका नेता सञ्जुहाङ पालुङ्वाका अनुसार पक्राउ पर्नेहरुमा केन्द्रीय समितिका प्रवक्ता केदार धिमालसहित झापा जिल्ला सचिव सामी पालुङ्वा, मेचीनगर अध्यक्ष गणेश राई लगायत छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले उनीहरुलाई दिउँसो १ बजे छाडिएको अनलाइनखबरलाई जानकारी दिए ।
तर, पालुङ्वाले भने उनीहरुलाई छाडिएको आधिकारीक जानकारी अहिलेसम्म नआएको बताए ।
बन्दका कारण पूर्वको जनजीवन अस्तव्यस्त छ । तर, झापाको सुरुङ्गा बजार सधैं झैँ खुला छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4