Comments Add Comment

अरु धर्मावलम्बीभन्दा हिन्दु कम पढेलेखेको ! नेपालको इन्डेक्स पनि कमजोर

३० मंसिर, काठमाडौं । हालैका वर्षहरुमा विश्वभरका धर्मावलम्बीहरुको साक्षरता बृद्धि भएपनि अरु धर्मावलम्बी भन्दा कम पढेलेखेको रहेको एक अध्ययनले देखाएको छ ।

bolbamप्यू रिसर्च नामक संस्थाले गरेको अध्ययनले अरु धर्म मान्ने मानिसहरु भन्दा हिन्दु धर्मावलम्बी कम साक्षर देखिएका हुन् । १५१ देशको राष्ट्रिय जनगणनालाई लिएर गरिएको अध्ययनमा २५ वर्ष वा सोभन्दा माथिका हिन्दु धर्मावलम्बीलाई समावेश गरिएको थियो ।

अध्ययन अनुसार विश्वभरका मानिसहरुले औपचारिक शिक्षाका लागि औसतमा ५.६ वर्ष स्कुलमा विताउने गरेका छन् ।

तर, ४१ प्रतिशत हिन्दु भने कहिल्यै स्कुल गएका छैनन् । साथै हिन्दु समुदायमा लैङ्गकि विभेद कम हुँदै गएपछि शिक्षाको सवालमा महिला र पुरुषबीचको खाडल पनि ठूलो देखिएको छ ।

प्यू रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको ‘संसार भरका धर्म र शिक्षा’ नामक १६० पृष्ठ लामो रिपोर्टले प्रमुख धर्मावलम्बी मध्ये यहुदीहरु सबैभन्दा बढी शिक्षित रहेको देखाएको हफिङ्गटन पोष्टमा समाचार छ ।

मुसलमान महिलाहरुले औषतमा ४.९ वर्ष स्कुलमा अध्ययन गरेका हुन्छन् भने पुरुषले ६.४ वर्ष स्कुलमा अध्ययन गरेका हुन्छन् ।

तर, हिन्दु महिलाले ४.२ वर्ष स्कुल अध्ययन गरेका छन् भने पुरुषले ६.९ वर्ष स्कुल अध्ययन गरेका छन् । हिन्दु महिला मध्ये ५३ प्रतिशत कहिल्यै स्कुल गएका छैनन् । तर, पुरुषमा यो अनुपात २९ प्रतिशत मात्र छ । यसले पनि महिला र पुरुषबीचको असमानता बढी छ ।

संसारभरका हिन्दुहरु मध्ये ९४ प्रतिशत भारतमा बस्छन् भने नेपालमा २.३ र बंगलादेशमा १.२ प्रतिशत बस्छन् । भारतका हिन्दुहरुले औषतमा ५.५ वर्ष स्कुल गएका हुन्छन् भने नेपालमा ३.९ र बंगलादेशमा ४.६ वर्ष स्कुलमा अध्ययन गरेको पाइएको छ ।

तीन देशबाहेकका हिन्दुहरुको शैक्षिक स्तर भने निकै उच्च देखिएको छ । विशेष गरी एसिया प्रान्त क्षेत्रमा अल्पमतमा रहेका हिन्दुहरु आफ्नो देशका सबैभन्दा शिक्षितमा गनिन्छन् ।

अमेरिकाका हिन्दुहरु भने औसत १५.७ वर्ष स्कुल गएका हुन्छन् । उनीहरु यहुदीहरु भन्दा पनि शिक्षित छन् । त्यहाँँ यहुदी १४.७ प्रतिशत स्कुल गएका हुन्छन् । जबकी अमेरिकाकै औषत १२.९ मात्र छ । युरोपमा हिन्दु धर्मावल्बीहरु १३.९ वर्ष स्कुल गएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment