Comments Add Comment

कपिलवस्तुमा तीन किशोरीको उद्धार, पाँच अभियुक्त जेल चलान

shaved-woman

१ पुस, कपलिवस्तु । चेलीबेटी बेचविखनमा संग्लग्न भएको आरोप प्रमाणित भएपछि कपलिवस्तु जिल्ला अदालतको आदेशमा पाँच जनालाई जेल चलान गरिएको छ ।

मानव बेचविखान विरुद्ध सक्रिय सस्था केआई नेपाल कृष्णनगर र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

कपलवस्तुको कृष्णनगरमा पक्राउ परेका ललिता बि.क, प्रदिप बि.क, रेखा बि.क, इन्द्र बहादुर खड्का र मोहन पाण्डेलाई जिल्ला अदालत कपिलवस्तुले जेल चलान गरेको हो ।

उनीहरु रोल्पा घर भएका नीत किशोरीहरु आसा, सिमा र मुना (नाम परिबर्तन) लाई भारतमा बेच्न लाँदै गर्दा सीमाबाट पक्राउ परेका थिए ।

कृष्णनगर प्रहरी कार्यालयको मुर्द्धा दर्ता नम्बर ७२, सिआर ०५५ भएका अभियुक्तहरुलाई कसुरदार ठाहराई जेल चलान गरिएको हो ।

पीडित तथा साक्षीको बयान र प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत कपिलबस्तुका न्यायधीश कृष्णप्रसाद पौडेलको इजलासले कात्तिक २३ गते अभियुक्त ललिता बि.क, प्रदीप बिक र रेखा बिकलाई १५ बर्ष जेल र जनही एक लाख क्षतीपुर्ति तथा अभियुक्त इन्द्र बहादुर खड्का र मोहन पाण्डेलाई ७ बर्ष ६ महिना जेल र ५० हजार जरिबानाको दण्ड सजायको फैसला गरेको थियो ।

भारत जाँदै गर्दा शंकास्पद लागेपछि नियन्त्रणमा लिई अनुसन्धान गर्दा किशोरीहरुलाई बिभिन्न प्रलोभनमा पारी बेचबिखनको उद्देश्यले भारत लैजाँदै गरेको रहस्य खुलेको हो ।

मानबबेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तरगत ईलाका प्रहरी कार्यलय कृष्णनगरमा मुद्धा दर्ता भएको थियो ।

पीडित चेलीहरु केआई नेपालको सुरक्षित आवास गृह चितवनमा रहेर बिभिन्न सीप सिकेपछि अभिभाबकसँग पुर्न्र्मिलन भइसकेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।

कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा लिइन्छ ।

नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभन देखाइ कृष्णनगर लगायतका नाका हुँदै भारतका नयाँदिल्ली, पन्जाब, हरियाणा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर, इटवालगायत ठाउँमा लगेर बिक्री गर्ने र यौनधन्दामा लाग्न बाध्य पार्ने गिरोह सक्रिय रहेको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment