Comments Add Comment

फ्रेस फेसः ‘छोटा पहिरन मनपर्छ, व्यापारिहरु बिहे गरौ भन्छन्’: नीशा(भिडियो कुराकानी)

nisha-ghimire
अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा कुरा गर्ने क्रममा मोडल नीशा घिमिरेले ३५ वटा भन्दा बढी म्यूजिक भिडियो काम गरेको बताइन् । आफूलाई सुरुमा काम गर्न गाह्रो भएपनि पछि सजिलो भएको उनको भनाई छ । सुरुवातमा धेरैले कि त लगानी खोज्ने, कि त कोरसमा काम गराउन खोजेको भन्दै उनले १ बर्ष यो क्षेत्रमा काम गर्न गाह्रो भएको बताइन् ।

म्यूजिक भिडियोपछि अब आफू चलचित्रमा प्रवेश गर्न चाहेको उनको भनाई छ । चलचित्र क्षेत्रमा काम गर्दा भिडियोको भन्दा बढी चर्चा र नाम हुने भएकाले पनि आफूलाई काम गर्न मन लागेको उनले सुनाइन् । आफूमा अभिनय गर्ने चाहना भएको भन्दै उनले भनिन्-‘कति म्यूजिक भिडियो मात्र गर्ने, अब अभिनय पनि गरौ भन्ने लागेको छ । ‘द विनर’बाट अफर आएको थियो ।’

नीशासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्न सक्नुहुनेछः


चलचित्रमा आउनका लागि कस्तो तयारी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई अभिनय आउँछ । घरमै बसेर अभिनय सिकिरहेकी छु । नृत्यको भने तालिम नै लिइरहेको छु ।’

नीशाले आफूलाई लभ स्टोरी चलचित्रमा काम गर्न मन लागेको सुनाइन् । लभ स्टोरीमा सबै कुरा मिक्स हुने भएकाले आर्यन सिग्देलसँग काम गर्न मन लागेको नीशाको भनाई छ । चलचित्र क्षेत्रमा लागेर आफूलाई कलाकार बन्न मन लागेको उनको भनाई थियो ।

नीशाले आफूलाई छोटा पहिरन लगाउन मन लाग्ने बताइन् । ग्ल्यामर पहिरनहरु लगाउन मन लागेपनि परिवारबाट अनुमती नहुँदा डर लाग्ने उनको भनाई थियो । आफ्नो अनुहारको कुनै पनि अंग मन नपरेपनि अरुले ओठ सेक्सी भन्ने गरेको नीशाले जवाफ दिइन् ।

आफूलाई ‘मोडलिङ पेशा छोड, बिहे गरेर बसौ’ भन्दै व्यापारीहरुले प्रस्ताव राख्ने गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment