Comments Add Comment

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले वेष्टब्रुमलाई हरायो

man-u-vs-westbrum

३ पुस, काठमाडौं । स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोबीचको दुई गोलको सहयोगमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले वेष्टब्रुमलाई पराजित गरेको छ ।

वेष्टब्रुमको घरेलु मैदानमा युनाइटेडले खेलको पाचौं मिनेटमै अग्रता लिएको थियो । इब्राहिमोबीचले लिंगार्डको पासमा गोल गरेका थिए ।

ज्लाटनले ५६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड दुई शून्यले अघि रहृयो । बाँकी समयमा गोल हुन सकेन र लिगमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा युनाइटेडले बेष्टब्रुमलाई हरायो ।

१७ खेलबाट ३० अंक जोडेको युनाइटेड लिगतालिकाको छैटौं स्थानमा यथावत छ ।

हिजोका अन्य खेलहरुमा लिगको साविक बिजेता लिसेस्टर सिटीले स्ट्रोक सिटीसँग दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

स्ट्रोकले पहिलो हाफमै लिएको दुई शून्यको अग्रता लिएपनि दोस्रो हाफमा खेलमा फर्किएको लिसेस्टरले बराबरी गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment