Comments Add Comment

अर्थमन्त्री महराको बैंक लकरमा के छ ? पैसा, सुन वा अन्य सामान ?

Krishna Mahara (2)

३ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गरेको सम्पति विवरणमा उनको नाममा कत्ति पनि नगद नारायण देखिँदैन । उनले रोल्पामा एउटा पुरानो शैलीको २ तले घर र १ तले भैंसी गोठ रहेको देखाएका छन् । तर, यो रहस्य खुलेको छैन कि महराले बैंकको लकरमा के राखेका थिए ।

महाले पुख्र्यौली २० रोपनी पाखो सुख्खा बारी र १० रोपनी खेत देखाएका छन् । उनले पेश गरेको सम्पति विवरणलाई सत्य मान्ने हो भने उनीसँग थप केही सम्पति छैन । पार्टी अध्यक्ष प्रचण्डसँग बरु तीन तोला सुन छ, चितवनमा एक कट्ठा घडेरी छ । तर, महराले देखाएको सम्पति त्यति पनि छैन ।

अर्थमन्त्री महरासँग सुन, चाँदीका कुनै गरगहना छैनन् । पैसा संकलनका लागि बैंक ब्यालेन्स पनि छैन । उनले सम्पति विवरणमा आफू, श्रीमती र छोराछोरीका नाममा समेत बैंक खाता नभएको र त्यसमा कति पनि बचत नभएको देखाएका छन् ।

यसअघि नेता महरा ०६७ सालमा झलनाथ खनाल नेतृत्व सरकारमा गृहमन्त्री थिए । उनले त्यतिबेला भरेको सम्पत्ति विवरणमा पनि अहिलेकै विवरण ठ्याक्कै मिलेको छ । यसको अर्थ यसवीचमा उनले निजी सम्पतिमा कति पनि सुधार गर्न सकेका छैनन् ।

अख्तियारको फन्डा के हो ?

करिब एक बर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृष्णबहादुर महरासँग अकूत सम्पति रहेको आशंकामा उनलाई छानविनको दायरामा ल्याएको थियो । अख्तियारले उनको बैंक लकर बन्द गरेर छानविन थालेको थियो ।

बैंक लकर भनेको निश्चित शुल्क लिएर बैंकले व्यक्तिको महत्वपूर्ण सम्पति/बस्तुको सुरक्षा गरिदिन व्यवस्था गरेको एकखालको दराज हो ।

तर, करिब एक वर्षपछि उनै महरा प्रचण्ड सरकारमा मन्त्री बन्ने तरखर भैरहेका बेला अख्तियारले उनलाई क्लिन चिट दियो ।

अहिले महराको सार्वजनिक भएको सम्पति विवरणले एउटा प्रश्न जन्माएको छ, सम्पति नै नभएको व्यक्तिले अकूत सम्पति कमायो भनेर छानविन गर्ने अख्तियारका आशंकाका आधारहरु के थिए ?

बैंक लकरमा के थियो ?

अख्तियारले छानविन पश्चात महरालाई क्लिन चिट दिएको छ । अर्थात उनले अकुत सम्पति कमाएका छैनन् भन्ने प्रमाणित गरिदिएको छ । मन्त्री महराको बैंक लकरमा लागेको शिलबन्दी पनि हटेको छ ।

तर, मुख्य चासो के हो भने, सम्पतिको नाममा एक पैसा छैन, सुन चाँदी केही छैन भने महराको बैंक लकरमा के राखिएको थियो ? रातो किताव या ल्यहारक्याल लामाले जस्तै गोलीका खोका ? कि अख्तियारले दाबी गरेजस्तो उनको कुनै बैंक लकर नै थिएन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment